
एजेन्सी । भारतको चौथो ठूलो बैंक एस बैंक घोटला काण्डमा मुछिएका बैंकका सह– संस्थापक राणा कपुर पक्राउ परेपछि थप रहस्य खुल्न थालेको छ । भारतको सिबीआईले राणाले २ करोडमा किनेको पेटिङमा अनुसन्धान अधिकृतको ध्यान केन्द्रीत भएको छ ।
अनुसन्धान अधिकृतका अनुसार उक्त २ करोडको पेटिङ प्रियांका गान्धीबाट खरिद गरेको फेला पारेको सिबीआइले भारतीय सञ्चारमाध्यमलाई बताइएको छ । २ करोडको पेटिङको विषयमा राणासँग सिबीआइले अनुसन्धान गरिरहेका छ ।
उक्त पेटिङ किन्नका लागि भारतीय काग्रेसका नेता मिलिद दंवडाले राणालाई सहमत गराएको अनुसन्धानबाट खुलेको बताइएको छ । एस बैंक संकटमा राणा मात्रै नभएर राणाकी श्रीमति र छोरीहरुलाई समेत लुकआउट नोटिस जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस