aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

भ्युटावरका ठेकेदारले गरे प्रहरी समक्ष आत्मसमर्पण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ फागुन २०७६
भ्युटावरका ठेकेदारले गरे प्रहरी समक्ष आत्मसमर्पण

काठमाडौं  टुडिखेलमा सटरहाल्ने ठेकदार मनोज भेटवालले प्रहरीसमक्ष आज विहांन आत्मसमर्पण गरेका छन् । महानगरीय प्रहरी परिसर, टेकुमा पुगेर भेटवालले आत्मसमर्पण गरेका हुन् ।

पुरानो बसपार्कमा भ्युटावर बनाउने जिम्मा पाएको भेटवालको कम्पनी जलेश्वर स्वछन्द विल्डसलेले काम नगरेको गुनासो आइरहेको बेला उनले खुलामञ्चमा अनाधिकृत ढंगले सटर हालेर भाडामा लगाएका थिए । 

प्रहरीले उनको खोजी तीव्र बनाइरहेकै बेला भेटवालले मंगलबार लगभग ८ः३० बजेतिर प्रहरी परिसद टेकुमा आएर आत्मसमर्पण गरेको प्रहरीका डिएसपि होबिन्द्र बोगटीले बताए । 

प्रहरीका अनुसार चन्द्र तामाङ नाम गरेका व्यक्तिले भेटवालले ७५ लाख रुपैयाँ ठगी गरेको भनि उजुरी दिएका थिए । उनलाई पक्राउ गर्न उच्च अदालत, पाटनले अनुमति दिएको थियो । त्यसपछि भारतका विभिन्न सहरमा लुकेर बसेका उनि मंगलबार बिहान पूहरी कार्यलय टेकु पुगेका हुन् । 
 

प्रतिक्रिया दिनुहोस