
थर्ड जेनेरेशनमा स्थापना भएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् पोषकराज पौडेल । २२ वर्षअघि बीमा व्यवसायमा प्रवेश गरेका पौडेललाई २ वर्ष अघि नयाँ इन्स्योरेन्स कम्पनी भित्रिएसँगै संस्थाको नेतृत्व गर्ने अवसर जुट्यो ।
अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेट लाईफ)मा प्रमुख वित्तीय व्यवस्थापक भएर १५ वर्षसम्म काम गरेका पौडेलसँग सिटिजनमा प्रवेश गर्दा गर्दै कम्पनीलाई ‘वेष्ट’ बनाउने अठोट थियो । कम्पनी सञ्चालनमा आउँदै गर्दा कम्पनीले तत्काल गर्नुपर्ने, मध्यकालीन र दीर्घकालीन रणनीति तय गर्यो । जसले ‘डे’ वानदेखि नै वेष्ट काम गर्ने प्रणालीको विकास गरायो । आक्रमकभन्दा गुणात्मक बजार व्यवसायको माध्यमबाट देशको कुना कुनासम्म पुग्ने योजना तय भए । २०७४ माघ २८ गते सिटिजन लाइफको नेतृत्व सम्हालेपछिआफूले पाएको जिम्मेवारी पुरा गर्न उनी बिहान ९ बजेनै कार्यालय पुग्छन् र तालिका अनुसार योजनाबद्ध कार्य सम्पादन गर्छन् ।
चितवन स्थायी घर भई २०५३ सालमा काठमाडौं आएका उनी मेटलाइफमा काम गर्दागर्दै २ वर्षअघि बीमा समितिले ९ ओटा जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएसँगै सिटिजन्स लाइफ इन्स्योरेन्सको नेतृत्व आएका हुन् । उनले गृह जिल्लामै स्नातक र त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका छन् ।
विश्वासिलो जीवन बीमा कम्पनीको रुपमा स्थापित गर्ने उद्देश्यका साथ उनी कम्पनीमा भित्रिएका हुन् । छोटो अवधिमै कम्पनीले देशको ७७ जिल्लामा १ सय १० शाखा विस्तार गरिएको छ । २०७४ कार्तिक २ गतेबाट व्यवसायिक कारोवार सुरु गरेको कम्पनीले रचनात्मक तथा आवश्यकता अनुसारको प्रविधि मैत्री योजनाहरु संचालनमा ल्याएको छ ।
कुशल नेतृत्वदायी भुमिका र योजनाबद्ध काम गर्ने शैलीका कारण इन्स्योरेन्स कम्पनीले स्थापनाको दुई वर्षमै राम्रो प्रतिफल दिन थालिसकेको छ । लक्ष्यको शतप्रतिशत नाफा वृद्धि गरेका छौं,’ पौडेलले भने ‘सञ्चालन भएको वर्षमै कम्पनीको विजनेश ग्रोथ अझ राम्रो छ ।’ पहिलो वर्ष कम्पनीलाई स्थापित गर्ने हो । यति ग्रोथ ल्यायो भन्ने होइन बरु त्यसका लागि खडा गरिदिने हो । यो वर्ष पनि कम्पनीले अझ राम्रो गरेको छ । पौडेल यो सफलतालाई उनी र उनका टिम लिडरहरूले गरेको मेहेनत र लगनशीलताको प्रतिफल मान्छन् ।
अमेरिकाबाट फिलोसिप इन लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट (एफएलएमआई)डिग्री हासिल गरेका पौडेलले हरेक साता आफ्ना कर्मचारीहरूलाई अनलाइन मार्फत आफ्नै टेबुलमा बसेर एक घण्टा प्रशिक्षण लिने व्यवस्था मिलाएका छन् । कर्मचारीलाई यस्तो तालिमले उनीहरू वृद्धि विकास गर्न सहयोग पुर्याएको छ । कम्पनीले आफ्नो कर्मचारीको आवश्यकता अनुसार विषयगत तालिम दिन्छ, यसले कर्मचारीलाई अझ सवल र सक्षम बनाएको छ, कर्मचारी खारिदै गएको उनको बुझाइ छ ।
स्किलफूल जनशक्तिका लागि
सिटिजन लाइफले संस्था शुरु हुनुभन्दा अगाडीनै विदेशबाट प्रशिक्षक ल्याएर ४० जना ब्रान्च म्यानेजरलाई तालिम दिएको थियो । फूल टाइप हुने यस्तो तालिम हामीले संस्था स्थापना भएयता चार पटक गरिसकेका छौ,’उनले भने ‘सर्वपक्षीय हितलाई ध्यानमा राखेर कम्पनी अघि बढेको छ । साथै कम्पनीले ‘आट अफ सक्सेज’ भन्ने विशेष तालिम दिइरहेको छ । कर्मचारीमा भएको खुबीलाई एचआरले कम्पायल गर्छ र उसमा भएको ग्यापलाई परिपूर्ति गराउन कम्पनीले विशेष तालिम आयोजना गर्छ ।
१७ वर्षअघि बीमा व्यवसायमा प्रवेश गर्दा नेपालमा बीमा सम्बन्धि त्यति चेतना थिएन । त्यति बेला धेरै चुनौतीहरू थिए । यो व्यवसायलाई त्यति विश्वासका साथ हेरिदैन थियो ।
६ वर्ष अडिटर भएर कार्य सम्पादन गर्दै गरेका पौडेललाई सुहाउँदो पोष्टको अफर मेट लाइफबाट आयो र उनी जोडिए । त्यति बेला नेपाली बीमा बजारमा दुई वटा कम्पनीमात्रै थिए । यी कम्पनीहरूमा अस्थायी प्रकृतिको काम हुन्थ्यो । मेटालाइफ नेपाल भित्रिएपछि व्यवसायिक हिसावले काम गर्न सिकाएको हो ।
६ वर्ष अडिटर भएर कार्य सम्पादन गर्दै गरेका पौडेललाई सुहाउँदो पोष्टको अफर मेट लाइफबाट आयो र उनी जोडिए । त्यति बेला नेपाली बीमा बजारमा दुई वटा कम्पनीमात्रै थिए । यी कम्पनीहरूमा अस्थायी प्रकृतिको काम हुन्थ्यो । मेटालाइफ नेपाल भित्रिएपछि व्यवसायिक हिसावले काम गर्न सिकाएको हो ।
बहुराष्ट्रिय मेट लाइफले थ्री टायर सिष्टममा काम गर्न सिकायो । त्यतिबेला अभिकर्तामात्रै हुन्थे । पार्ट टाइम काम गरिन्थ्यो । मेटले मल्टिटायर सिष्टममा काम गर्न सिकाएपछि यहाँका कम्पनीेहरूले पनि त्यो सिके । टिम बनाउने र टिममा छलफल गर्ने संस्कृतिको विकास भयो । त्यसपछिमात्रै यो क्षेत्रमा चेतना बढ्दै गएको हो ।
मेट लाइफले त्यति बेला स्थानीय रुपमा बीमा गर्नुपर्छ भन्ने नयाँ माहोल सिर्जना गर्यो । र पनि बजारमा नयाँ हिसावले स्थापित हुनुपर्ने चुनौती थियो । शेयर होल्डरलाई भ्यालु दिने, इस्योरेन्स बोर्डको इज्जत बढाइ दिने, राज्यले पाउने कर सुनिश्चिता गर्दै आम ग्राहकलाई सन्तुष्टी दिने मान्यताका साथ कम्पनी अघि बढेको हो । ग्राहकको ढोकामै सेवा दिन हाम्रो अभिप्रया हो । अहिलेका ग्राहक एड्भान्स भइसके । कहाँ कसरी सेवा पाइन्छ भन्ने कुरा उहाँहरूलाई राम्रोसँग थाहा छ । उहाँहरूलाई सन्तुष्ट पार्न सकिएन भने व्यवसाय गर्न सहज हुँदैन ।
बजारमा क्षमतवान मानिस पाउन हामीलाई च्यालेन्ज छ । ट्रेनिङ दिएर तयार पार्नुपर्छ ।
यो चुनौतीलाई स्वीकार्दै हामीले तीन तरिकाबाट काम शुरु गयौं । पहिलो रणनीतिक योजना बन्यो कम्पनीको वृद्धि विकास गर्ने, ग्राहकलाई ‘वेष्ट’ प्रडक्ट दिने र स्किल फूल कर्मचारी बनाउने । दोस्रो ग्राहक र अभिकर्ताको लागि बेनिफिट । तेस्रो तल्लो तह ( ग्रास रुट लेभल) सम्म कसरी पुग्ने । ‘नेयर एण्ड डेयर’ भन्ने मूल थिमका साथ व्यवसायलाई अघि बढायौं ।
संसारमा सबैभन्दा गाह्रो कुरा भनेको सेल्स गर्न हो । हो सानोतिनो बुताले भ्याउँदैन । सेल्सलाई जसले सजिलो भन्छ, उसले राम्रो काम गर्छ भन्ने कुरामा विश्वस्त गर्न सकिदैन ।
हाम्रोमा पढाइमा सक्सेस हुने मान्छेमात्रै सफल भएको मानिन्छ । आफ्नो क्षेत्रमा जसले राम्रोसँग काम गर्न सक्छ उही नै सक्सेस हो, यो बुझ्नुपर्छ ।
कम्पनी ५ वटा पिलरहरू खडा गरेर रणनीतिक योजना सहित अघि बढेको छ । कुन काम कहिले गर्ने भन्ने कार्यतालिका नै छ । त्यहि अनुसार कार्य सम्पादन हुन्छ ।
हामीले ५ वर्षमा सक्ने गरी ५ वटा पिलर अनुसार रणनीति बनाएको छ । कर्मचारीलाई ट्यालेन्ट बनाउने, ग्राहकलाई बेष्ट सेवा दिने, डिजिटलको माध्यमबाट र काम गर्नको लागि वेष्ट कम्पनी बनाउने, ठूलो भन्दा राम्रो कम्पनी बनाउने । र यहि कम्पनीका बसेर करियर बनाउन सिकाउने हो । यस कम्पनीमा आवद्ध लिडरले अन्यमा काम गर्न नपरोस् भन्ने हाम्रो अभिप्राय हो ।
अहिले हामी नाफाका हिसावले १० उत्कृष्ट कम्पनीमा परेका छौं । प्रिमियमका हिसावले पनि टप लेभलमा छौं,’ पौडेल भन्छन् ‘अन्य वित्तीय सूचकमा पनि हामी अगाडि नै छौँ । हामीले गुणात्मक सेवा दिएका छौ । यसले कम्पनीलाई दीर्घकालसम्म विजनेश ग्रोथ गर्न मद्धत गर्छ । हाम्रो साथीहरूको लगनशीलता र सहयोग, ग्राहकको विश्वासले सकारात्मक रेस्पोन्स आइरहेको छ । यो हाम्रो ब्राण्ड हो । हरेकले लिडरको भुमिका खेल्न सके कम्पनी आफै बलियो बन्छ ।
यस्ता छन् सिटिजनका प्रडक्ट
ग्राहकको आवश्यकता अनुसार प्रडक्ट बेच्न सक्नुपर्छ । बजार प्रतिस्पर्धी छ । अल्टिमेल्टी हामीले ग्राहकका लागि काम गर्ने हो । हामीसँग धेरै राम्रा पडक्ट छन् । ‘जीवन साथी’ भन्ने प्रडक्ट अत्यन्त रुचाइएको प्रडक्ट हो । यो प्रडक्टमा इस्योरेन्स गरेको इन्स्योरेन्स भ्यालु र वोनस बुझिसकेपछि पनि ९० वर्षसम्म फिक्स एमाउण्ट पाइन्छ । बीमा भ्यालु बराबरको । ७० वर्षपछि हरेक ५ वर्षमा २०/२० लाखका दरले रकम उपलब्ध गराउँछौं । यस्तो योजनाले त्यतिबेलाको आर्थिक आवश्यकता पुरा गर्न ठूलो सहयोग मिल्छ । सिटिजन लाइफ तपाईको बाँचुञ्जेलसम्मको साथी बन्छ ।
बीमा आवश्यकता पुरा गर्न र आफू नह्दा पनि आफ्नो परिवारको जीवन सहज चलोस या बितोस् भन्ने ब्याकअफ प्लानका लागि जीवन बीमा गर्ने हो । क्रिटिकल इन्लेस प्रडक्ट पनि कम्पनीको अत्यन्त लोकप्रिय प्रडक्ट हो । २० वटा क्रिटिकल इन्लेसका लागि वीमितलाई उपचारका लागि ५० लाख रुपैयाँ दिइन्छ । यसका लागि बिल पेश गर्नु पर्दैन । यो उपचार गर्न कै लागि दिइने खर्च हो ।
बिल पेश नगरी कसरी पाइन्छ पैसा भन्ने प्रश्नमा उनको सहजै उत्तर थियो ‘कुनै मानिसको ब्रेन ह्याम्मर भयो, किटनी फेल भयो अर्थात क्रिटिकल इन्लेसमध्ये कुनै रोग लाग्यो भने विरामीले ५० लाख रुपैयाँ पाउँनु हुन्छ । उसको मेडिकल रिपोर्टले प्रमाणित गर्ने वित्तिकै हामी विरामीलाई उपचार गर्न सो रुपैयाँ दिन्छौं । उपचार गर्ने नगर्ने उहाँको कुरा हो । मह्गो पनि त होला नि भन्ने विषयमा उनको जवाफ छ ‘ ३ हजारदेखि १२ हजार रुपैयाँमा यो प्रडक्ट किन्न सकिन्छ, । यो प्रडक्ट मेन प्रडक्टसँग जोडेर किन्नु पर्छ, ‘राइडर’ जस्तो । छुट्टै किन्न वा लिन पाइदैन ।
विद्यार्थीसँग बीमा अभियान
बीमा व्यवसायलाई विस्तार गर्न कम्पनीले हरेक स्कुलमा ‘विद्यार्थीसँग बीमा’ भन्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो नेपालमै पहिलो अभियान हो । कम्पनीले प्रत्येक महिना दुई वटा विद्यालयलाई बीमाको विषयमा पढाउने गरेका छौं । हरेक ब्रान्चले पढाउनै पर्छ । लक्ष्य नै दिएका छौं । विद्यार्थीले बुझ्यो भने उसले आफ्ना अभिभावकलाई बुझाउँछ भन्ने हाम्रो बुझाइ हो । अर्को कलेज लेभलमा पढ्दै गरेका विद्यार्थीलाई पनि ‘लर्न एण्ड अर्न’ भनेर गाइड गर्दै आएका छौं । त्यो आधारमा हामीले कलेज लेभलका विद्यार्थीलाई केही आम्दानी गर्न सिकाएका छौ । यो नयाँ अभियानका रुपमा देशव्यापी सञ्चालन भएको छ ।
बजार राम्रो छ
अहिले बजार राम्रो छ । बीमा व्यवसायको भविष्य सोचेभन्दा राम्रो हुन्छ । तीन चौथाइ बजारसम्म हामी पुग्न नै सकेका छैनौ । कुल जनसंख्याको २५ प्रतिशत (८४ लाख)मा बीमा व्यवसाय पुगेको छ । सोमध्ये सिटिजन लाइफको हिस्सा कुल बीमा बजारमा २ प्रतिशत रहेको छ ।
त्यसो भन्दै गर्दा समस्या छैनन् भन्न खोजिएको होइन । अहिले पनि क्षमताबान जनशक्ति पाउन गाह्रो छ । यसका लागि कम्पनीहरू आफैले लगानी गरिरहेका छन् । हामी आफै स्किल फूल जनशक्ति उत्पादन गर्न लगानी गरिरहेका छौं । यो केही समय अझ पनि लम्बिने देखिएको छ ।
यस्ता छन् समस्या ?
नेपालमा बीमा एक्चुरी नहुँदा भारतमा निर्भर हुनुपर्ने अवस्था छ । देशभित्रै हुन सके राम्रो हुन्थ्यो । नेपालमा आजसम्म एक्चुरी पढेको क्षमताबान जनशक्ति नभएको कारणले यो समस्या देखिएको हो । थुप्रै विद्यार्थीहरूले अहिले यो विषय अध्ययन गरिरहेका छन् । यस पछि हामीले नेपालमै एक्चुरी पाउन सक्छौं र हामीलाई व्यवसाय गर्न अझ सहज हुन्छ । समग्र अर्थतन्त्रले पार्ने प्रभाव त छँदै छ । यसको असर सबै व्यवसायमा पर्छ ।
नयाँ ऐनका के चाहन्छन् बीमक कम्पनी ?
इन्स्योरेन्स पोलीसीहरू डिजिटलाइजेशन हुनुपर्छ । यसको व्यवस्था नयाँ ऐनले गरोस् । बीमा व्यवसाय नवीकरण गर्दा सहज होस् बीमा समितिलाई आफ्नो स्वायत्तत्तता कायम राख्दै हरेर नीति नियम, निर्देशिका तथा मार्गनिर्देश बनाउन सहज हुने हिसावले नयाँ ऐन बन्नुपर्छ,’ भन्ने हाम्रो माग पौडेलको छ । नयाँ ऐनले बीमा व्यवसायलाई नवीनतम रणनीतिक योजना सहित अघि बढ्न प्रोत्साहन गनुर््पर्छ ।
बीमा कम्पनीले आफ्नो विजनेश पोलिसी बनाएको हुन्छ । बीमा समितिले पनि केही शर्त तोकेको हुृन्छ । मोटालिटी रेटको आधारमा बीमा प्रिमियम तोक्ने हो । आफू खुशी तोक्ने होइन । बीमा कम्पनीले आधार दर तोकेको छ त्यहि अनुसार प्रिमियन तोकिन्छ ।
हाल कम्पनीमा २ सय ५० कर्मचारी र ११ सय लिडर (एजेन्ट) छन् । कम्पनीले ११ वटा प्रडक्ट ल्याएको छ जसको सेल्स अत्यन्त राम्रो छ । ग्राहकहरूको रोजाइ अनुसारको प्रडक्ट दिने हाम्रो प्राथमिकता हो ।
कर्मचारीको सिक्ने इच्छाशक्ति अत्यन्त राम्रो छ । लागेर काम गर्नुपर्छ भन्ने भावना सबैमा छ । कम्पनीलाई बढाउन र बलियो बनाउन सबैले होस्टमा हैसे गर्नु भएको छ । यो अत्यन्त राम्रो हो । म मेरा साथीहरूसँग सन्तुष्ट छु । हरेक शाखामा आफूले ओनरशीप लिएर काम गरिरहनु भएको छ । उहाँहरूलाई सक्षम बनाउन कम्पनीले पनि आवश्यकता अनुसारको तालिमको व्यवस्था गर्दै आएको छ । रेगुलर गाइड गर्ने काम गरिरहेका छौं ।
स्टाफ मुभमेन्ट हुनु भनेको सामान्य प्रक्रिया हो । यसलाई उनले साधारण रुपमा लिएका छन् । तर, उनको कम्पनीमा थोरै नम्बरमामात्रै स्टाफको बाहिरिने गरेका छन् । यसको अर्थ कम्पनीले आफ्ना स्टाफलाई आफ्नोपनाको प्रत्याभूत गराउन सकेको छ भन्ने हो । यहि कम्पनी बसेर म वित्तीय अवस्थामा सवल बन्न सक्छु वा बन्छ, मेरो वृद्धि विकास हुन सक्छ, पदोन्नती हुन्छ र वर्किङ इन्भारमेन्ट छ भने कर्मचारी अनेत्र जाँदैनन् ।
कुनै पनि कम्पनीमा काम गर्ने वातावरण राम्रो भएमा थोरै सेवा सुविधामा पनि लामो समयसम्म कर्मचारीलाई टिकाउन सकिन्छ । हाल कम्पनीमा २ सय ५० कर्मचारी र ११ सय लिडर (एजेन्ट) छन् । कम्पनीले ११ वटा प्रडक्ट ल्याएको छ जसको सेल्स अत्यन्त राम्रो छ । ग्राहकहरूको रोजाइ अनुसारको प्रडक्ट दिने हाम्रो प्राथमिकता हो । कम्पनीले ग्राहकहरूको सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस