aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

नेपाल एयरलाइन्सको कतार उडान स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ फागुन २०७६
नेपाल एयरलाइन्सको कतार उडान स्थगित

काठमाडौं । नेपाल एयरलाइन्सले कतारको दोहामा गर्दै आएको नियमित उडान हाल स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित विभिन्न १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा अस्थायी प्रतिवन्ध लगाएसँगै नेपाल एयरलाइन्सले समेत मंगलबारबाट लागू हुने गरी दोहामा गर्दै आएको उडान रद्द गरेको हो । 

नेपालीहरु पनि हाललाई कतार प्रवेश गर्न नपाउने भएकाले दोहाको नियमित उडान हाललाई १० मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नु परेको नेपाल एयरलाइन्सले जनाएको छ ।

नेपाल एयरलाइन्सका अनुसार २६ फागुन २०७६ र भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराउने भएको छ । 

प्रतिक्रिया दिनुहोस