aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सबै डाक्टर नबनौँ, अत्यावश्यक बस्तुको अभाव हुने छैनः मन्त्री खतिवडा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ फागुन २०७६
सबै डाक्टर नबनौँ, अत्यावश्यक बस्तुको अभाव हुने छैनः मन्त्री खतिवडा

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका अर्थ र सञ्चार मन्त्री डा.युराज खतिवडाले हाल अत्यावश्यक बस्तुको अभाव नरहेको बताएका छन् । 

मंगलबार काठमाडौंमा बसेको कोरोना भाइरस नियन्त्रण समितिको बैठक पछि सञ्चारकर्मीहरु संग कुराकानी गर्दे उनले सबैलाई डाक्टर नबन्न समेत अनुरोध गरेका छन् । 

सरकार कोरोना भाइरसले आपूर्ति व्यवस्थामा पार्ने प्रभावबारे गम्भिर छलफलमा जुटेको बताउदै उनले बैंठकले बजारको आपूर्ति व्यवस्था के छ कस्ता कस्ता वस्तुहरुको मौजाद कुन रुपमा रहेको छ भन्ने विषयमा छलफल भएको जानकारी गराए । बैंठकले निजि क्षेत्रसंगको सहकार्यलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल गरेको मन्त्री खतिवडाले बताए । 

अत्यावश्यक बस्तुहरु आद्यान्न औषधी तथा पेट्रोलियम पदार्थको हालको मौजादका विषयमा समेत छलफल भएको छ । भारतले हालै केही औषधिहरुको निर्यातमा आपूर्तिमा लगाएको प्रतिबन्धलाई नेपालको हकमा कसरी सहज बनाउने भन्ने विषयमा समेत कुरा भएको थियो ।  

अब सरकारले भारत सँग कुटनैतिक पहल गर्ने र माक्स लगायतका नेपालमै उत्पादन हुन सक्ने बस्तुहरुको उत्पादनमा निजि क्षेत्रलाई प्रोत्साहित गर्ने निर्णय गरेको छ । 

मन्त्री खतिवडाले भारतबाट भैरहेको आपूर्तिमा हाल कुनै पनि समस्या नरहेको बताएका छन् । उनले अधिकसञ्चय नगर्न व्यापारी तथा उपभोक्तालाई आहन गरेका छन् । 

उत्तरी नाका मध्य तातोपानी र रसुवागढीबाट समेत जोखिम मुल्याङकन गरी आपूर्ति सुचारु गर्ने उनले बताएका छन् ।

हाल ५ महिनाका लागि औषधि र ६ महिना सम्मको लागि पुग्ने खाद्यान्न र तिन महिनासम्मको लागि पेट्रोलियम पदार्थ सञ्चित रहेको निजि क्षेत्रले जानकारी गराएको समेत खतिवडाले बताए । उनले सबैलाई डाक्टर नबन्न सुझाव दिदै औषधिमा नेपाललाई आत्मनिर्भर बनाउन सरकार लागि पर्ने समेत बताए। 

प्रतिक्रिया दिनुहोस