aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

नेपालबाट बाहिरी मुलुकमा पैसा लैजान खोज्दा सिंगापुरका नागरिक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ फागुन २०७६
नेपालबाट बाहिरी मुलुकमा पैसा लैजान खोज्दा सिंगापुरका नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरी मुलुकमा पैसा लैजान खोज्दा सिंगापुरका नागरिक पक्राउ परेको छ ।

लुकाई छिपाई बाहिरी मुलुकमा लैजान लागेको रकम सहित काठमाडौंबाट सिंगापुर जान लागेका सिंगापुर नागरिक K0926002G नम्बर राहदानी बाहक ५७ वर्षीय घिम चिवङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हाे । 

बिमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा चिवङले साथमा लिई आएको ह्याण्ड ब्याग जाँच गर्ने क्रममा ११ हजार २ सय ७७ अमेरिकी डलर तथा १ लाख २१ हजार ६ सय १५ नेपाली रुपैयाँ फेला पारेकाेले उनलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस