
काठमाडौं । भ्रष्टाचारको मुद्दामा मुछिएका पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोलकुल बाँस्कोटाको निर्माणाधीन घरमा बम विष्फोट भएको छ।
भक्तपुरको लोकन्थलीमा निर्माणाधीनउनको घरमा बम विष्फोट भएको जिल्ला प्रहरीका भक्तपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घर पछाडिको भागमा बम विष्फोट गराइएको छ। विष्फोटबाट मानवीय क्षति नभए पनि घरका पर्खालहरु भत्किएको छ ।
बम विप्लप नेतृत्वको पार्टीले गरेको हुनसक्ने अनुमान रहेपनि हालै भ्रष्टाचारमा नाम जोडिएका बँस्कोटाको उक्त घरमा रुष्ट रहेका जनताले पनि बम बिष्फोट गराएको हुनसक्ने बताइएको छ।
बम विष्फोटबारे भक्तपुर जिल्ला प्रहरी उपरीक्षक सविन प्रधान नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ भने आसपासको क्षेत्रलाई कडा सुरक्षा निगरानीमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस