aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

सरकारले टुटल र पठाओलाई फेरि प्रतिबन्ध लगायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ फागुन २०७६
सरकारले टुटल र पठाओलाई फेरि प्रतिबन्ध लगायो

काठमाडौं । सरकारले टुटल र पठाओ सेवामाथि फेरि प्रतिबन्ध लगाएको छ । यातायात व्यवस्थापन विभागले सार्वजनिक सूचना प्रकाशित गर्दै एउटा प्रयोजनका लागि दर्ता गरिएका सवारी साधन अर्को प्रयोजनमा उपयोग गर्न नपाइने भएकाले त्यस्तो गरिएको पाइएमा कारवाही गर्ने स्पष्ट पारेको हो । 

विभागका महानिर्देशक गोगन बहादुर हमालले आफैं हस्ताक्षर गरेर सूचना प्रकाशित गरि टुटल र पठाओका सेवा माथि पुनः प्रतिबन्ध लगाएका हुन् । विभागले गत मंसिर ३ गते पनि सार्वजनिक सूचना निकालेर टुटल तथा पठाओका सेवाहरु रोक्न निर्देशन दिएको थियो ।

ट्याक्सी भन्दा सस्तो र सार्वजनिक सवारी साधन भन्दा छिटो एवं सहज भएकाले पछिल्लो समय टुटल तथा पठाओका सेवाहरु लोकप्रिय बनिरहेका छन् । तर सरकारले रातो नम्बर प्लेटका निजी सवारी साधनले भाडाका यात्रु बोक्न नपाउने व्यवस्थामा टेकेर टुटल तथा पठाओमाथी प्रतिबन्ध लगाएको बताउँदै आएको छ । यातायात व्यवसायी महासंघले टुटल र पठाओको सेवा रोक्न दबाव दिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस