aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कोरोनाका कारण भारतले विदेशीको आगमनमा रोक लगायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ फागुन २०७६
कोरोनाका कारण भारतले विदेशीको आगमनमा रोक लगायो

काठमाडौं । कोरोनाका कारण भारतले एक महिनासम्म लागू हुने गरि विदेशीको आगमनमा प्रतिबन्ध गर्ने निर्णय गरेको छ । इन्डियन एक्सप्रेसका अनुसार आज राति १२ बजेबाट लागू हुने गरि विदेशबाट प्रवेश गर्न चाहेका सम्पूर्ण नागरिकलाइ आगमनमा प्रतिबन्ध लगाएको हो । 

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गरेपछि भारतले कोरोना भाइरस सर्न नदिन बुधबार साँझ नै कडा निर्णय लिएको छ । भारतले विदेशीलाई भीसा समेत रद्द गरेको छ । कुनैपनि विदेशी पर्यटक भारत प्रवेश गर्न पाउने छैनन् । मानिसको यात्रामा समेत कडाई गरिने भएको छ । 

भारतले अहिले भइरहेको भीसा, कुटनीतिक, अन्तर्राष्ट्रिय संघसंस्था, रोजगार, प्रोजेक्ट भीसालाई भने रद्द नगर्ने भएको छ भने गैरआवाशीय भारतीय कार्डधारीलाई निःशुल्क यात्रा भीसा दिदै आएकोमा एक महिनाका लागि रद्द गरेको छ । यो सबै निर्णय शुक्रबारबाट लागू हुनेछ ।

भारतमा बुधबारसम्म ६० जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस