aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
महामारी घोषणा

भारतले भिसामात्रै रोकेको हो, सामान आयात/निर्यात बन्द गरेको छैन: वाणिज्य सचिव अर्याल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ फागुन २०७६
भारतले भिसामात्रै रोकेको हो, सामान आयात/निर्यात बन्द गरेको छैन:  वाणिज्य सचिव अर्याल

काठमाडौं । कोरोनाका कारण भारतले एक महिनासम्म लागू हुने गरि विदेशीको आगमनमा प्रतिबन्ध गर्ने निर्णय गरेको छ । आज राति १२ बजेबाट लागू हुने गरि विदेशबाट भारत जान चाहेका सम्पूर्ण नागरिकलाइ आगमनमा प्रतिबन्ध लगाएको हो । 

भारतले विदेशीको आगमनमा प्रतिबन्ध लगाएपनि सामान आवत जावतमा रोक नलगाएको वाणिज्य सचिव बैकुण्ठ अर्यालले आर्थिक न्यूजसँग भने ‘ भारतले मानिस आवतजावत गर्नमात्र रोक लगाएको हो,’ उनले भने ‘सामान ल्याउन/ लैजान नाका बन्द गरेको छैन, त्यसैले अहिले आतिनु पर्दैन ।’  सबै मन्त्रालयसँग समन्वय गरेर सरकारले छलफल अगाडि बढाउँछ ।’  

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गरेपछि भारतले कोरोना भाइरस सर्न नदिन बुधबार साँझ नै कडा निर्णय लिएको छ । भारतले विदेशीलाई भीसा समेत रद्द गरेको छ । कुनैपनि विदेशी पर्यटक भारत प्रवेश गर्न पाउने छैनन् । मानिसको यात्रामा समेत कडाई गरिने भएको छ । 

भारतले अहिले भइरहेको भीसा, कुटनीतिक, अन्तर्रा्ष्ट्रिय संघसंस्था, रोजगार, प्रोजेक्ट भीसालाई भने रद्द नगर्ने भएको छ भने गैरआवाशीय भारतीय कार्डधारीलाई निःशुल्क यात्रा भीसा दिदै आएकोमा एक महिनाका लागि रद्द गरेको छ । यो सबै निर्णय शुक्रबारबाट लागू हुनेछ ।

भारतमा बुधबारसम्म ६० जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
 

प्रतिक्रिया दिनुहोस