aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

कम्पनी राजिष्ट्रारको कार्यालयका नायव शुब्बा र लेखापरिक्षक घुससहित पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ फागुन २०७६
कम्पनी राजिष्ट्रारको कार्यालयका नायव शुब्बा र लेखापरिक्षक घुससहित पक्राउ

काठमाडौं । कम्पनी राजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा कार्यरत नायव सुब्बा र लेखापरीक्षक गरी २ जना कर्मचारी ५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

निजी कम्पनीको अभिलेख अध्यावधिक गर्न आएका सेवाग्राहीसँग लिएको ५ हजार रुपैयाँ घुससहित नायव सुब्बा डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठ पक्राउ परेका हुन् ।

पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई घुससहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस