aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

गाउँपालिकाले चर्को कर अशूल्याे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ जेठ २०७६
गाउँपालिकाले चर्को कर अशूल्याे

दोलखाको गौरीशंकर गाउँपालिकाले चर्को कर असुलेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । गाउँपालिकाले घरको नम्बरिङ गर्दा प्रत्येक घरमा घर नम्बर प्लेट राखेवापत एक हजार रुपैयाँ लिएपछि स्थानीयले आपत्ति जनाएका हुन् ।

घर नम्बर प्लेटको रकम नतिर्ने स्थानीयलाई गाउँपालिकाले दिने सेवा सुविधाबाट बञ्चित गराउने धम्कीका कारण डर त्रासले रकम तिर्न बाध्य भएको उनीहरुको गुनासो छ ।

विकास गर्ने नाममा नागरिकमाथि चर्को शुल्क असुलेकोमा दोलखाका नागरिक समाजले समेत आपत्ति जनाएको छन् । गाउँपालिकाका अध्यक्ष स्वयम्बहादुर खड्काले भने प्रतिघर एक हजार रुपैयाँ लिँदा नागरिकलाई अप्ठ्यारो नपर्ने जिकिर गरे । 

प्रतिक्रिया दिनुहोस