
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीले चार आर्थिक वर्षको लाभांश बुझिलिन अनुरोध गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७२/०७३, २०७३/०७४ र २०७५/०७६ को नगद लाभांश पूर्जाहरु तथा आव २०७४/०७५ को बोनस लिन अनुरोध गरेको हो ।
कम्पनीले बिहीवार सूचना प्रकाशित गरी उक्त लाभांश बुझिलिन आवश्यक कागजपत्र सहित कम्पनीको शेयर रजिष्ट्रारमा सम्पर्क गर्न भनेको छ ।
साथै, आर्थिक वर्ष २०७४/०७५ को बोनस शेयर हितग्राही खातामा र नगद लाभांश बैंक खातामा आईपीएस मार्फत जम्मा गरिने भएकाले हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन अनुरोध गरेको छ ।
कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस