aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

नेपालमा ४५० जनाको कोरोना परीक्षण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ फागुन २०७६
नेपालमा ४५० जनाको कोरोना परीक्षण

काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको कहर विस्तारै विश्वभर बढ्दो छ । यहीबीच नेपालमा पनिअहिलेसम्म ४५० जनामा कोरोना भाइरसको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

चीनको वुहानबाट फैलिएको कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य परीक्षणसहितका काम भइरहेको स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् । 

उनले भने, ‘हालसम्म ४५० जनामा कोरोना भाइरस परीक्षण भइसकेको छ,’ उनले भने, ‘तीमध्ये एकजनामा मात्रै कोरोना पोजेटिभ देखिएको थियो। कोरोना पोजेटिभ देखिएका बिरामी अहिले ठीक भइसकेका छन्।’ देवकोटाका अनुसार कोरोना आशंकमा हाल टेकु अस्पतालको आइसोलेसन वार्डमा चारजना बिरामी उपचाररत छन्। 

त्यसैगरी पाटन अस्पतालको आइसोलेसन वार्डमा अर्का एकजना बिरामीको उपचार भइरहेको छ।  सरकारले चीनको वुहानबाट उद्धार गरी ल्याएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा १६ दिन राखेर बिदा गरिसकेको छ। 

प्रतिक्रिया दिनुहोस