aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

“स्प्राईट लगाउँ, प्यास बुझाउँ” सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ फागुन २०७६
“स्प्राईट लगाउँ, प्यास बुझाउँ” सार्वजनिक

काठमाडौं । पेय पदार्थ स्प्राईटले समर क्याम्पेन “स्प्राईट लगाउँ, प्यास बुझाउँ”को टिभीसी सार्वजनिक गरेको छ । 

गर्मीको आगमनसँगै स्प्राईटले उपभोक्ताहरुलाई शीतल राखेर घामको तापमा पनि स्पष्टसँग सोच्न सक्ने अल्टिमेट रिफ्रेसरको रुपमा आफूलाई प्रस्तुत गर्र्दै उक्त टिभीसी सार्बजनिक गरेको छ ।

नयाँ टिभीसीमा स्प्राईटकै ब्राण्ड एम्बेसेडर अनमोल केसी रहेका छन् । यो विज्ञापन हाम्रो दैनिक अवस्थाको वरिपरि रहेर बनाइएको छ जहाँ हामी सार्वजनिक यातायातमा आपत्तिजनक व्यक्तिहरुको सामना गर्छौ जो कोलाहपूर्ण र देखावटी गर्ने स्वभावका हुन्छन्, जसले सबैको सवारीलाई अप्रिय र असहनीय बनाउँदछ ।  

टिभीसीको शुरुवातमा गर्मीको दिनमा पसिनाले धेरै भिजेका अनमोल केसी बस स्टपमा बस  पर्खिरहेका हुन्छन् । अनमोल बसमा चढ्छन् र एउटा मात्र खाली रहेको सिटमा बस्न लागिरहँदा एक जना आपत्तिजनक मानिसले उसलाई धक्का दिएर आफू बस्छ । 

पहिले नैै बस एकदम भीड थियो त्यसमाथि गर्मी पनि थियो, तर, त्यो मानिसको असभ्य व्यवहारले अझ बढि असहनिय बनाइरहेको हुन्छ । उसले बसको सहचालक सहित सबैलाई दिक्दार बनाउँदै एसीको माग गरिरहेका हुन्छन् र मौसमको बारेमा गुनासो गरिरहेका हुन्छन् ।

जब उसको व्यहोराले सबैको पारो ततायो, अनमोल केसीले आफूलाई चिसो स्प्राईटले शान्त बनाए । त्यसपछि अनमोलले असभ्य मान्छेलाई हेरे र तीक्षण तरिकाले स्प्राईटको बोतल देखाउँदै “हाम्रो एसी” भनेर उद्घृत गरे । असभ्य मान्छे आश्चयचकित भयो र अनुहारमा असजिलोपन महशुस गर्दै बस्यो ।

टिभीसीका बारेमा कोका–कोला नेपालका कन्ट्री डिरेक्टर अम्बुज सिंहले भने, “हामी सबैले चुनौतिपूर्ण व्यक्तिहरु भेटेका हुन्छौं जसले कहिलेकाहिँ हाम्रो धैर्यताको जाँच गर्दछन् । स्प्राईट जहिले पनि एक रिफ्रेसिङ्ग पेय पदार्थको रुपमा परिचित छ जसले हामीलाई शान्त राख्न मद्दत गर्दछ । तसर्थ जब परिस्थीतिमा समस्या उत्पन्न हुन्छ र हाम्रो धैर्यताको जाँच हुन्छ, तब चिसो स्प्राईट पिउनुहोस् र आफुलाई शान्त राख्नुहोस् ।” 

प्रतिक्रिया दिनुहोस