
‘काठमाडौं । सरकार उच्च तयारीमा सङ्क्रमण फैलिएको थप केही देशको भिसा रोक्ने निर्णय गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोराना भाइरस (कोभिड–१९) लाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेपछि मुलुकको सम्भावित जोखिम रोक्न सरकारले सङ्क्रमण फैलिएका थप देशको अन अराइभल भिसा रोक्ने निर्णय गरेको प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।
“शुरुमा पाँच मुलुकबाट आउने भिसा रोक्ने भनेकोमा अझै केही थप देशहरुको भिसा रोक्ने निर्णय भएको छ”, कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णय सुनाउँदै प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।
थप कुनकुन देशको भिसामा रोक लगाइएको हो भन्ने बारेमा भने उनले खुलाएननन । सूचना एकद्धार प्रणालीबाट जाने भएकाले समितिको सचिवालयले त्यसको आधिकारिक निर्णय सार्वजनिक गर्ने मन्त्री खतिवडाले बताए। उनले हवाई उडानमा भने कटौती नगरिएको जानकारी दिए । भिसा रोकिएपछि स्वतः कटौती हुने उनले बताए । यसअघि सरकारले चीन, इरान, इटाली, फ्रान्स जर्मनी, स्पेन, दक्षिण कोरिया र जापानको अन अराइभल भिसामा रोक लगाएको थियो ।
छिमेकी मुलुक भारतमा पनि संक्रमणको सङ्ख्या बढ्दै गएको अवस्थामा आजको बैठकले थप उच्च सतर्कता अपनाउने निर्णय गरेको अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका प्रवक्ता डा खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस