
एजेन्सी । कोरोना भाइरसका कारण भारतमा एक जनाको मृत्यु भएको छ । भारतको कर्नाटकको ७६ वर्षिय ती व्यक्ति साउदी अरबबाट आएका थिए । भारतमा कोरोना भाइरस पुष्टि भएका ७४ जना भएका छन् ।
दिल्लीमा कोरोना भाइरस संक्रमति ६, हरियाणामा १४, केरलमा १७, राजस्थानमा ३, तेलंगानामा एक, उत्तर प्रदेश ११, लद्दाखमा तीन, तमिलनाडुमा एक, जम्मू(कश्मीरमा एक, पंजाबमा एक, कर्नाटकमा चार र महाराष्ट्रमा ११ जना संक्रमित भेटिएका छन । दिल्ली लगायत अन्य शहरका स्कूल कलेज र सिनेमा हल २१ मार्चसम्म बन्द गरिएका छन् ।
प्रतिक्रिया दिनुहोस