aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० फागुन २०७६
चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना

 काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका केही भू–भागमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको जनाएको छ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको पश्चिमी तथा मध्य भूभागमा सामान्यतया बदली रहेको छ भने बाँकी भूभागमा आन्शिक बदलीको अवस्था रहेको छ।

दिउँसो देशभर सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भूभागका केही स्थानहरूमा र पूर्वी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग तथा हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ । देशको अधिकांश उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।

राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भूभाग लगायत मध्य का धेरै स्थानहरूमा र पूर्वी भूभागका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात को सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस