aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

कोरोनाबारे थाहा छैन ? १११५ मा फोन गर्नुस्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० फागुन २०७६
कोरोनाबारे थाहा छैन ? १११५  मा फोन गर्नुस्

काठमाडौं । कोरोना भाइरसबारे बुझ्न पैसा नलाग्ने नम्बर १११५ मा फोन गर्न सकिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबारदेखि कोरोना भाइरसबारे बुझाउन पैसा नलाग्ने नम्बर १११५ मा जानकारी दिन थालेको हो ।

कोरोनाबारे बाहिरी हल्लाको पछि नलागी महाशाखाले सञ्चालनमा ल्याएको १११५ नम्बरमा सम्पर्क गर्न महाशाखाले आग्रह गरेको छ । 

कोरोनाबारे बुझ्न १११५ नम्बरमा चौबिसै घण्टा फोन गर्न सकिनेछ । 

प्रतिक्रिया दिनुहोस