aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कोरोनाका कारण इटालीमा मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० फागुन २०७६
कोरोनाका कारण इटालीमा मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

इटाली । इटलीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक हजार १६ पुगेको छ । इटलीमा १५ हजार एक सय १३ जनामा संक्रमण पुष्टि भएको छ । भाइरसको उद्गमस्थल चीनले नयाँ संक्रमण रोकिने क्रममा पुगेपछि युरोपमा फैलँदो क्रममा रहेको छ ।

पछिल्लो समय इरान, स्पेन, फ्रान्स, जर्मनी, अमेरिका, स्विजरल्याण्ड, स्विडेन, डेनमार्क, अस्ट्रेलियालगायत देशमा संक्रमण बढदो क्रममा रहेको छ । अहिलेसम्म विश्वका एक सय २६ देशमा संक्रमण फैलिसकेको छ ।

भाइरसबाट एक लाख ३४ हजार पाँच सय १९ संक्रमित भएका छन । जसमध्ये झण्डै ६९ हजार जना निको भएर घर फर्किएका छन् । चार हजार ९ सय ७० जनाको मृत्यु भएको छ ।

संक्रमण बढेसँगै विभिन्न देशले यात्रामा प्रतिबन्ध तथा कडाइ, नाकाबन्द, भिडभाड हुने सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाएका छन् । एजेन्सी 

प्रतिक्रिया दिनुहोस