aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कोरोनाको संक्रमणबाट बच्न अनलाइन भुक्तानी गर्नुहोस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० फागुन २०७६
कोरोनाको संक्रमणबाट बच्न अनलाइन भुक्तानी गर्नुहोस

एजेन्सी । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस अब महामारी बनिसकेको छ । विश्वभरमा ४ हजारभन्दा बढीको मृत्यु समेत भइसकेको छ । कोरोना कोभिड १९ भाइरसबाट बच्नलाई चिकित्सकहरुले विभिन्न सलाह दिइरहेका छन् । बजारमा हामीले धेरै जस्तो सामान खरिद गर्दा गरिने नगद कारोबारका कारण पनि कोरोना भाइरस एक अर्कामा सर्ने भएकाले क्यासले कारोबार गर्नले भाइरसको संक्रमणबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् । 

जानकारहरुका अनुसार  बाजारमा चलन चल्तीमा रहको नोट र सिक्का फरक फरक व्यक्तिको  सम्पर्कमा रहेका हुन्छन् ।   नोट र सिक्का  मानिसका अलग अलग भागमा राखिन्छ जहा भाइरस संक्रमणको अधिक संभावना रहेको हुन्छ । 

क्याशलेस भुक्तानीमा गर्नुभनेको तपाईं नगदको सट्टा अनलाइन भुक्तानीलाई प्राथमिकतामा राख्नेहोस । यस बाहेक, भुक्तानी तपाईंको डेबिट वा क्रेडिट कार्ड स्वाइप गरेर पनि गर्न सकिन्छ। यस मार्फत, तपाईं नगद लेनदेनबाट बच्न सक्नुहुन्छ। 

यसले भाइरस फैलिने सम्भावनालाई पनि कम गर्दछ। यस बाहेक, तपाईं अनलाईन भुक्तानी मार्फत नगद मेसबाट पनि छुटकारा पाउन सक्नुहुनेछ। विभिन्न प्रकारका क्यासब्याक र अन्य सुविधाहरू पनि विभिन्न अनलाइन भुक्तानी मोडहरूमा प्रस्ताव गरिन्छ।

प्रतिक्रिया दिनुहोस