aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

जग्गा खरिद गर्ने भन्दै नौ लाख लुटियो

  • रासस
    रासस
  • शुक्रबार, ३० फागुन २०७६
जग्गा खरिद गर्ने भन्दै नौ लाख लुटियो

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकामा आज दुई जनाको नौ लाख रुपियाँ लुटिएको छ । गुल्मीको सत्यवर्ती गाउँपालिका –६ का ३१ वर्षीय नारायण घर्ती र ३० वर्षीय पदम घर्ती लुटिएका हुन् । 

उनीहरुलाई खैरहनी नगरपालिकामा जग्गा खरिद गरिदिने भन्दै अनिल राई नामका व्यक्तिले बोलाएको र उनैले पैसा लुटेको पीडितले जनाएका छन् ।

राईले जग्गा बैना गर्ने भनी मालपोत कार्यालय बोलाएको र पछि फेरि मगनी चोकबाट दुई सय मिटरभित्र बोलाएर लुटेको प्रहरीले जनाएको छ । राईले पैसा भएको झोला लिएर मोटरसाइकलमा भागेको प्रहरीले जानकारी दिएको छ  । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस