aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कोरोना भाइरससँग लड्न सार्क राष्ट्र एकजुट हुँदै, राष्ट्र प्रमुखबीच भिडियो कन्फरेन्स हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० फागुन २०७६
कोरोना भाइरससँग लड्न सार्क राष्ट्र एकजुट हुँदै, राष्ट्र प्रमुखबीच भिडियो कन्फरेन्स हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस संक्रमण विरुद्ध लड्न सार्क राष्ट्रहरुसँग मिलेर काम गर्न नेपाल तयार रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरसबारे सार्क राष्ट्रका शीर्ष नेतृत्वबीच भिडिओ कन्फरेन्स गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावको स्वागत गरेका हुन् ।

शुक्रबार दिउँसो ट्वीट गर्दै प्रधानमन्त्री ओलीले मोदीको प्रस्तावको स्वागत गर्दै त्यसका लागि नेपाल तयार रहेको बताएका हुन्।

I welcome the idea advanced by Prime Minister Modiji @narendramodi for chalking out a strong strategy by the leadership of the SAARC nations to fight Coronavirus. My government is ready to work closely with SAARC Member States to protect our citizens from this deadly disease.

— KP Sharma Oli (@PM_Nepal) March 13, 2020


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस संक्रमण विरुद्ध लड्न सार्क राष्ट्रले साझा तयार गर्नुपर्ने प्रस्ताव औपचारिक रुपमै राखेका थिए । सोही प्रस्ताबको प्रत्युत्तरमा प्रधानमन्त्री ओलीको यस्तो प्रतिक्रिया आएको हो ।

‘कोरोना भाइरससँग लड्न सार्क राष्ट्रले संयुक्त रणनीति तयार गर्नुपर्ने प्रधानमन्त्री मोदीजीको प्रस्तावको म स्वागत गर्दछु,’ प्रधानमन्त्री ओलीले ट्विटरमा लेखेका छन्, ‘यो घातक रोगबाट हाम्रा नागरिकलाई बचाउन सार्क सदस्य मुलुकसँग मिलेर काम गर्न मेरो सरकार तयार छ ।’

I would like to propose that the leadership of SAARC nations chalk out a strong strategy to fight Coronavirus.

We could discuss, via video conferencing, ways to keep our citizens healthy.

Together, we can set an example to the world, and contribute to a healthier planet.

— Narendra Modi (@narendramodi) March 13, 2020

भारतीय प्रधानमन्त्री मोदीले विश्वभर फैलिरहेको कोरोना भाइरसबारे दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरुले साझा धारण बनाउनु पर्ने शुक्रवार विहान ट्वीट मार्फत धारणा सार्वजनिक गरेका थिए ।

दक्षिण एशियामा विश्वको ठूलो जनसंख्या भएकाले यहाँका नागरिकलाई स्वास्थ राख्न कुनै कसर बाँकी राख्न नहुने बताएका थिए ।

उनले सार्क मुलुकले दुनियालाई एउटा उदाहरण पेश गर्न र स्वस्थ विश्वका लागि योगदान गर्न सक्ने उल्लेख गरेका थिए ।

कोरोना भाइरसका कारण भारतमा १ जनाको ज्यान गएको पुष्टि गरेको छ भने ७५ जना संक्रमित रहेको जनाएका छन् । नेपालमा पनि केही समय अघि एक जनामा संक्रमण देखिएको थियो । उनी अहिले स्वास्थ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पाकिस्तान, माल्दिभ्स, भुटान, श्रीलंका, बंगलादेश, अफगानिस्तानमा पनि कोरोना भाइरसको संक्रमण देखिएको बेला एकताबद्ध भएर अगाडी बढ्ने कोशिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस