aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

ट्राफिकका ५२ जना प्रहरी जवानबाट हवल्दारमा बढुवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० फागुन २०७६
ट्राफिकका ५२ जना प्रहरी जवानबाट हवल्दारमा बढुवा

काठमाडौं । प्रहरी जवानबाट ५२ जना प्रहरी हवल्दारमा बढुवा भएका छन् । शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखाका  प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले एक कार्यक्रमका बीच दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

उक्त अवसरमा ढकालले पदोन्नती भएका प्रहरी हवल्दारहरूलाई बधाई तथा शुभकामना दिँदै पदोन्नती बृत्ति विकासको महत्वपूर्ण पाटोको रुपमा रहेको र जेष्ठता, कार्यक्षमता, कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायिकता, अनुशासन र ईमान्दारिताको मुल्यांकन गर्दै पदोन्नती गरिएको बताए । 

उनले अनुशासन तथा ईमान्दारिता फौजीको सबैभन्दा ठूलो गहना रहेको चर्चा गर्दै आफ्नो जिम्मेवारीमा रहेर कार्यक्षेत्रमा उत्तरदायित्व वहन गरी आगामी दिनमा अझै परिस्कृत हुँदै राष्ट्र र नागरिकको सेवा, सुरक्षा र ट्राफिक व्यवस्थापन कार्यमा सकृय रहन निर्देशन समेत दिए ।

त्यस्तै,  सोहि अवसरमा महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक जीवन कुमार श्रेष्ठले ट्राफिक व्यवस्थापनको कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायिक तथा कार्यदक्षता लगाएत पेशागत जिम्मेवारी निर्वाहमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै पदोन्नति गरिएको चर्चा गर्नुहुँदै आगामी दिनहरुमा पनि त्रुटीरहित ढंगले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न सामूहिक भावनाका साथ तल्लीन रहन  निर्देशन दिएका थिए ।
 

प्रतिक्रिया दिनुहोस