aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

प्रम ओलीलाई डिस्चार्ज गर्ने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० फागुन २०७६
प्रम ओलीलाई डिस्चार्ज गर्ने तयारी

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरि उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज साँझ डिस्चार्ज गरिने भएको छ ।

फागुन  १९ गते अस्पताल भर्ना भएका प्रमको शरीरमा २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भन्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन् । उनी अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् ।

प्रधानमन्त्री ओलीलाई पनि पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले जानकारी दिएका छन् ।

१० दिनअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीलाई आज त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गर्न लागिएको निर्देशक डाक्टर खड्गाले बताए ।

१२ वर्ष अघि प्रधानमन्त्री ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस