aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

अमेरिकामा अनिश्चितकालीन संकटकाल घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०१ चैत्र २०७६
अमेरिकामा अनिश्चितकालीन संकटकाल घोषणा

काठमाडौं। अमेरिकामा अनिश्चितकालीन संकटकाल घोषणा गरिएको छ। विश्वव्यापी माहामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको जनाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले संकटकाल घोषणा गरिएको बताएका छन्। तर, संकटकाल कति दिनसम्म लागू हुने भन्ने कुरा भने खुलाइएको छैन् ।अमेरिकी नागरिकलाई अनावश्यक रुपमा घर बाहिर ननिस्किन र जमघट नगर्न पनि सुझाव दिइएको छ ।

अमेरिकाले युरोपेली देशबाट आउने–जाने सबै यात्रुवाहक जहाज ३० दिनकालागि बन्द गरिसकेको छ । बेलायत र आएरल्यान्डालाई भने अमेरिका प्रवेशमा रोक लगाइएको छैन् ।

प्रतिक्रिया दिनुहोस