
एजेन्सी । कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनिश्चितकालीन संकटकाल घोषणा गरेका छन ।राष्ट्रपतिले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संकटकाल घोषणा गरिएको जानकारी दिएका हुन् । सन् २००० मा पूर्व राष्ट्रपति बिल क्लिटनले वेस्ट नील भाइरसका कारण अमेरिकामा संकटकाल घोषणा गरेका थिए ।
विश्व स्वास्थ्य संगठनले यसअघि कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरिसकेको छ । संकटकाल घोषणासँगै अमेरिकाले अब संकट निवारणका लागि ५० अर्ब डलर खर्च गर्न सक्ने छ । साथै केन्द्र सरकारले अब अलग–अलग राज्य सरकार तथा प्रशासनसँग समन्वय गरेर अझै राम्रो काम गर्न सक्नेछ । अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण ४० जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस