
एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणबाट अर्को व्यक्तिको मृत्यु भएको छ । भारतको नयाँ दिल्ली राममनोहर लोहिया अस्पतालमा ६९ वर्षिय महिलाको मृत्यु भएको हो । महिला डायबिटीजबाट पीडित ती महिलाका छोरा विदेशबाट आएका थिए ।
यसभन्दा पहिला भारतकै कर्नाटकमा एक ७६ वर्षिय पुरुषको मृत्यु भएको थियो । कोरोना भाइरसकबाट संक्रमित ८९ जना संक्रमणमा परेको बताइएको छ । मृत्यु हुने महिला छोरा २२ फेब्रुअरमा स्विट्जरल्याण्डबाट आएका थिए ।
दिल्लीमा ६, हरियाणामा १७, केरलमा २२, राजस्थान ३, तेलंगानामा एक, उत्तर प्रदेश ११, लद्दाख ३, तमिलनाडु एक, जम्मू(कश्मीर में ३, पंजाबमा एक मामला, कर्नाटक ७, आंध्र प्रदेशमा एक र महाराष्ट्रमा १७ कोरोना भाइरसबाट संक्रमण रहेको तथ्यांक बाहिर आएको छ ।
प्रतिक्रिया दिनुहोस