aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 
एसिड प्रकरण

५ वर्षमा १६ जनामाथि एसिड प्रहार, धेरै घट्ना प्रेम सम्बन्धका कारण

  • प्रजिता पाैडेल
    प्रजिता पाैडेल
  • शनिबार, ०१ चैत्र २०७६
५ वर्षमा १६ जनामाथि एसिड प्रहार, धेरै घट्ना प्रेम सम्बन्धका कारण

घट्ना नम्बर १.जेनी खड्का
कालोपुलमा २० वर्षीया जेनी खड्कामाथि एसिड प्रहार उनकै श्रीमान गरेको थिए । एसिडले जेनीको शरीरको विभिन्न भागहरू जलेकोे थियो । जेनीलाई एसिड हानेको अभियोगमा प्रहरीले घटनाको दुई घण्टामै २७ वर्षीय विष्णु भुजेललाई पक्राउ गरेका थिए । प्रहरीका अनुसार भुजेलले विभिन्न प्रलोभन देखाउँदै जेनीलाई १० कक्षामा पढ्दा पढ्दै ६ वर्षअघि भगाएका थिए । त्यतिबेला जेनी १४ वर्षकी थिइन् ।

बिहे भएको ३ वर्षपछि उनीहरुको सन्तानको छोरा जन्मियो । उनीहरूको ३ वर्षका छोरा छ । प्रहरीका अनुसार भुजेलको जेठी श्रीमती पनि रहेको जेनीले पछिमात्रै थाहा पाएकी थिइन् । उनलाई झुकाएर बिहे गरिएको थियो । सोही कुरा थाहा पाएपछि उनीहरुबीच असमझदारी बढ्न थालेको र पछिल्लो समय उनीहरु छुट्टाछुट्टै बस्दै आएका थिए । भुजेल काभ्रेमै बस्थे भने जेनी कालोपुलमा बुबाआमासँग बस्दै आएकी थिइन् । भुजेलले जेनीलाई आफूसँग बस्न आग्रह गरेपनि जेनी बस्न नमानेपछि एसिड हानेको उनका श्रीमानले स्वीकारेका छन् ।

घट्ना नम्बर २ः मुस्कान खातुन
वीरगञ्ज निवासी मुस्कान खातुनलाई उनकी आमाले सधै स्कुल पुर्याउन जाने गरेकी थिइन् । छोरीलाई स्कुल पुर्याउन मुस्कानकी आमा सहनाज आफैं जाने गरेपनि शुक्रबार उनलाई सञ्चो भएन । छोरीलाई एक्लै स्कुल जान्न भनिन् । मुस्कान एक्लै जान मानिनन्, भाइलाई लिएर गइन् । 
सञ्चो नभएकाले सहनाज ओछ्यानमा पल्टिएकी थिइन् । बुबा रसुल अन्सारी कामको थकानले बिहान अलि ढिलो उठ्ने गर्थे ।

आल्मुनियमको झ्यालढोका बनाउने व्यवसाय गर्दै आएका रसुल ओछ्यानमै रहेका बेला मोबाइलमा घन्टी बज्यो । मुस्कानलाई एसिड प्रहार भयो भन्ने खबर आयो ।  आमा सहनाजले फोनको वार्तालापबाटै छोरीमाथि विपत्ति आइलागेको थाहा पाइन् मुस्कानका बुबा र आमा दुबै जना अस्पलात पुगे । मुस्कानलाई स्कुल जाँदा आउँदा माजिद आलम नाम गरेका केटाले जिस्काउने गर्थे । उनी पनि वीरगञ्ज, छप्कैयाका १६ वर्षीय मै बस्थे ।स्कुल आउन जान समस्या भएपछि छोरीको गुनासोपछि रसुलले आलमलाई भेटेर सम्झाएका रहेछन् । सम्झाउने क्रममा रसुलले आलमलाई एक लबटो पनि हानेका रहेछन् ।

दुई दिनअघि मात्र रसुलले छोरीसँग यसबारे सोधेका थिए । मुस्कानले समस्या नभएको बताएकी थिइन् । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत मुस्कान स्कुल हिडेको १० मिनेटपछि मुस्कानमाथि एसिड प्रहार भयो ।एसिड उनको दाहिने पट्टीको अनुहारको भागमा पर्याे । एसिडले उनका दुबै हात, छाती र अनुहारको दाहिने भागमा पोल्यो । एसिडको जलनले मुस्कान छट्पटाई रहँदा उनीहरुसँगै पढ्न आउने साथीले उद्धार गरेर तत्कालै नारायणी अस्पताल पुर्याए । एसिड फाल्ने बेलामा देखेको अनुहार नौसाद भन्ने उनले ठम्याएकी थिइन् । प्रेम प्रस्ताव स्वीकार नगरेका कारण मुस्कानमाथि एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

घट्ना नम्बर ३.संगिता मगर र सिमा बस्नेत
संगिता मगर र सीमा बस्नेतमाथि फागुन १० गते एसिड प्रहार भएको थियो । रामेछापको फुलासी गाविसका विकले संगिता र संगिताको परिवारका सदस्यले आफूनो अपमान हुने गरी गाली गरेका कारण प्रतिशोध साँच्न एसिड प्रहार गरेको प्रहरीसमक्ष बताएका थिए । 
संगिता मगर र जीवन विकको परिवार २०६९ सालको जेठदेखि काठमाडौको झोछेस्थित एउटै घरमा डेरा गरी बस्दै आएको थियो । बीबीएस प्रथम वर्षमा अध्ययनरत  जीवनले संगितालाई ट्युसन पढने र पढाउने गरेकामा त्यस क्रममा दुई जना आपसमा नजिकिएका थिए । 

ट्युसन पढ्ने क्रममा नजिकिए पनि दुई जनाबीच पटक पटक झगडा भएको र झगडाका क्रममा संगिताका परिवारका सदस्यले समेत गाली गरेका कारण जीवनले प्रतिशोधको भावना पालेको परिणाम नै एसिड आक्रमणको घटना भएको जनाएको छ । 
जिवनले फागुन १० गते संगिता ट्युसन पढ्ने वसन्तपुरस्थित ट्युसन सेन्टरको कक्षाभित्रै प्रवेश गरेर संगितामाथि १ सय २५ रुपैयाँमा किनेको एसिड प्रहार गरेका थिए । 

घटना नम्बर ४.बसन्ती परियार 
नवलपरासीको कावासोती नगरपालिका ९ डण्डा बजारकी बसन्ती परियारमाथि एसिड र छुरा प्रहार भएको थियो । उनको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । एसिड प्रहार गरेको अभियोगमा डण्डा बजारकै विमल सिर्पालीलाई प्रहरीले पक्राउ गरेको छ । आफूसँग बिहे गर्न नमानेको भन्दै विमलले एसिड र छुरा प्रहार गरेको बताएको प्रहरीले जनाएको छ । उनीहरु दुवैजना विवाहित हुन् । 

परियार र सिर्पालीबीच प्रेम सम्बन्ध भएको थाहा भएपछि विमल सिर्पालीकी श्रीमतीले सम्बन्ध बिच्छेदका लागि मुद्दा दायर गरेकी थिइन् । बिमलले आफ्नो परिवार पनि बिग्रिएको र बसन्ती परियारसँग बिहे गर्न नपाएका कारण एसिड तथा चक्कु प्रहार गरेको बताइएको छ । 

घट्ना नम्बर ५.सम्झना दास र सुस्मिता दास
सम्झना दास र सुस्मिता दास सुतिरहेको ठाउँमा एसिड प्रहार भएको हो । सुस्मिता दासलाई एसिड प्रहार गर्ने दासकै छिमेकी बाबुराम पासवान रहेका छन् । ५० वर्षिय पासवाले १८ वर्षिय सम्झनालाई प्रेम प्रस्ताव राखेको र प्रेम सम्बन्ध अस्वीकार गरे पछि एसिड प्रहार गरेको जनाइएको छ । पासवानले किशोरी सम्झनाको मोबाइलमा १५ दिनभित्र ११८ कल एकतर्फी गरेकाले पनि प्रेमको कारण नै घटना घटेको हुन सक्ने आशंका गरिएको थियो । उनीहरुलाई राती १२ बजेतिर घरमा सुतिरहेको अवस्थामा एसिड प्रहार गरी घाइते बनाइएको थियो ।

काठमाडौं । पछिल्लो समय एसिड प्रकरण बढ्दै गइरहेको छ । मानिसहरूले विभिन्न बहानामा एसिड छर्कने गरेका छन् । नेपालमा एसिड छर्कने काम केटालाई भन्दा केटीलाई हुने गरेको छ । नेपाल पुरुषप्रदान देश भएर पनि होला यहाँ महिलालाई हेप्ने अभद्र व्यवहार गर्ने प्रचलन रहेको छ । 
एसिड जस्तो एउटा जगन्ने अपराध बढ्दै गर्दा पनि सरकारले कुनै कठोर कदम भने चाल्न सकेको छैन । नेपालमा त्यस्ता धेरै चेलीहरु रहेका छन जुन एसिड आक्रमणबाट ग्रसित छन ।  एसिड प्रकरणमै परेकी एक महिलाले भिनिन् ‘सरकारले एसिड अपराधिलाई थोरै मात्र सजायको व्यवस्था गरेकोले उनीहरुमा उत्साह बढ्दै गएको छ । एसिड प्रहार गर्नेलाई पुनः एसिड नै हाल्ने हो भने त्यसको पिडा उनीहरुले पनि बुझ्ने र अरुलाई एसिड छर्कन हुदैन भन्ने मानसिकताको विकास हुने उनले बताइन् । 

यस्तो छ एसिड प्रकरणको घट्ना

२०७१ फागुन १गते ट्युसन सेन्टर जादैँ गरेका सिमा बस्नेत र संगिता मगरमाथिजीवन खड्काले एसिड प्रहार गरेका हुन । २०७५ असोजको पहिलो साता रौतहट चन्द्रनिगाहपुर ६ की १८ वर्षिय सम्झनाकुमार दासमाथि तेब्बर उमेरका ५० वर्षिय रामबाबु पासवानले एसिड प्रहार गरेको थिए । २०७५ असोजको पहिलो साता नै फेरि नवलपरसीको कावासोती १६ डण्डा हरबासीको २७ वर्षीय बसन्ती परियारमाथि ३७ वर्षिय छिमेकी बिमल श्रीपालीले एसिड प्रहार गरेका थिए । 

त्यसैगरी २०७६ जेष्ठ १ गते कालोपुरमा डेरा गरि बस्ते २० वर्षिय जेनी खड्कामाथि उसकै श्रीमान विष्णु भुजेजले एसिड प्रहार गरे । त्यस्तै २०७६ भदौ २१ गते स्कुलबाट घर फर्किरहेकी मुस्कान खातुनमाथि साम्सदआलमले विरगंजमा एसिड प्रहार गरेका थिए ।   आर्थिक वर्ष २०७१/७२ पछिका ५ वर्षमा एसिड प्रहारको घट्नाबाट १३ महिला र ३ पुरुष पीडित छन् । एसिड प्रहारको घट्नामा किशोरभन्दा किशोरीहरुले बढी जोखिम मोल्नु परेको छ । एसिडको मुख्य कारण प्रेम सम्बन्ध र प्रतिशोध भएको  खुल्न आएको छ । पछिल्लो कानुनी व्यवस्थाले एसिड प्रहारका घटनालाई अलग्गै रुपमा ब्याख्या गर्ने कोशिस पनि गरेको छ । कानुनले कोशिस गरे पनि कठोर सजायको व्यवस्था भने हुन सकेको छैन । 
 

कानुन कमजोर 

मुलुकी अपराध सहिंताको परिच्छेद १४ को कुटपिट वा अंगभंग सम्बन्धि कसुरले एसिड प्रहारका घट्नालाई अलग्गै रुपले ब्याख्या गरेको छ । तेजाब र अन्य रसायनिक जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पारेको खण्डमा कसुरको प्रकृती हेरी ५ देखि ८ वर्षसम्म कैद र अनुहार कुरुपपारेको १ लाख देखि ५ लाखसम्म जरिवाना र अन्यअंग हुने गरी कुरुपपारेमा वा शरिरमा पिडा पुर्याएमा तिन वर्षदेखि ५ वर्षसम्म कैद र पचास हजार देखि तिनलाख रुपँैयासम्म जरिवानाको व्यवस्था गरेको छ । तर एउटा व्यक्तिलाई एसिड प्रहार गर्दा उसको सम्पूर्ण खर्च हेर्ने हो भने लगभग  ६० देखि ७० लाखसम्म खर्च लाग्ने गर्छ यो रकम न सरकारले व्यर्होछ न दोषीले । तर, सरकारले भने दोषीलाई थोरै कसुर र सजायमा उन्मुक्ति दिने गरेको छ । 

आमाको अनुहारबाट खोसिएको खुशी

आमा हरेक सन्तानको खुशी  चाहान्छिन् । आफ्नो सन्तानलाई दुःखपर्दा कुन आमाको अनुहारमा खुशी खोसिदैन होला र त्यस्तै एसिड प्रकरण मध्ये एक आमा हुन कमला खड्का । उनस् जेनीकी आमा हुन् । महानगरीय प्रहरी बृत्त कमलपोखरीमा भेट्दा उनी निकै दुःखी थिइन् । बोल्न लाग्ला शब्दै नै घाटीमा अटुकिए जस्तो । उनी बोल्नै सकेकी रहेकी थिइनन् । अनिदो अनुहार र आँखा भरि भरिएका टिलपिल आँसु लिएर टोलाइरहेकी उनी धेरै बेरसम्म बोलिनन । केही बेर पछि उनले भनिन् ‘ यो देशमा कानुन छैन हामी बोलेर मात्र के गर्नु । मेरो छोरीलाई जे भएको छ त्यस्तो अरु कसैलाई नपरोस । हामीलाई न्याय चाहियो । दोषीलाई कारबाह ीहुनु पर्याे । 

प्रतिक्रिया दिनुहोस