
एजेन्सी । भारतको चौथो बैंक संकट मोचन तर्फ गइरहेका बालेमा अर्को बैंकमा संकट देखा पर्न थालेको छ । ६२ वर्षभन्दा पुरानो लक्ष्मी विलास बैंकमा अहिले आएर एस बैंकमा जस्तै संकट देखा पर्न थालेको छ । सन् १९५८ मा स्थापना भएको लक्ष्मी विलास बैंकमा देखिएको संकटले भारतीय वित्तीय क्षेत्रमा अर्को झड्का लाग्ने निश्चित छ । बैंकको क्यापिटल एडिक्वसी भारतीय रिजर्व बैंकले तोकेको मापदण्डभन्दा धेरै तल आइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छ ।
लक्ष्मी विलास बैंकको ९ प्रतिशत हुन पर्ने क्यापिटल एडिक्वासी ३.४६ प्रतिशतमा झरेको छ । बैंकको क्यापिटल एडिक्वासीको प्रतिशत कम हुँदै जान्ुभनेको बैंकको जाखिम बढ्दै छ भन्ने अनुमान लगाउन सकिन्छ ।
लक्ष्मी विलास बैंकलाई जोखिमबाट निकाल्नका लागि अन्य लगानीकर्ताहरु लागीपरेका छन् । भारतकै कोटक बैंकले समेत लक्ष्मी विलास बैंकमा लगानी गर्न लागि रहेको छ ।
क्यापिटल एडिक्वारी(सीएआर) मापन आफ्नो तरिका हुन्छ । सीएआर कम हुँदै गएमा बैंकले नयाँ ऋण दिन वा नयाँ शाखा खोल्न समेत पाउने छैन । भारतीय केन्द्रीय बैंकले बैंकले कडा कारबाहि गर्दै प्राम्प्ट करेन्टिव एक्सन(पीसीए) फ्रेमवर्कमा हालेको थियो ।
जुन बैंकको आम्दानी छैन, खराब कर्जा बढिरहेको छ भने भारतीय केन्द्रीय बैंकले पीसीएमा राख्ने गरेको छ । यसभन्दा पहिला लक्ष्मी विलास बैंक र इडियाबुल्स हाउजिङ फाइनान्ससँगको मर्ज समेत रद्द गरिदिएको थियो । हाल लक्ष्मी विलास बैंकका ५६९ वटा शाखा, १०४६ वटा एटिएम र इडियाबुल्स हाउजिङ फाइनान्सका २२० वटा शाखा रहेका छन ।
प्रतिक्रिया दिनुहोस