काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) मा चुनावी सरगर्मी छाएको छ । यहि चैत्र २२ गते नवौं वार्षिक साधारणसभा र चैत्र २९ गते निर्वाचन ह्ँदै छ । फेकनको नयाँ कार्यसमितिका लागि वर्तमान फेकनका महासचिव भुपाल तामाङ्ग र पूर्व उपाध्यक्ष बासु नेपालले अध्यक्ष पदमा आफ्नो दावेदारी व्यक्त गरेका छन् ।
शैक्षिक परामर्श क्षेत्रमा दशकौं लामो अनुभव बटुलेका तामाङ्गले फेकनको संगठन सातै प्रदेशमा विस्तार गर्ने, सदस्यहरुको व्यवसायीक अभिवृद्धिका निम्ति क्यानाडा लगायतका अन्य मुलुकसँग कुटनीतिक सम्वन्ध बिस्तार गर्ने योजना रहेको बताउँछन ।
त्यस्तै, संस्थागत एकतालाई मजबुत पार्न र व्यवसायीक मर्यादालाई सधै पहिलो प्राथमिकतामा राख्ने अर्का अध्यक्षका प्रत्यासि बासु नेपाल बताउँछन । फेकनमा यसभन्दा पहिला सर्वसम्मत नेतृत्व चयन गर्दै आएको व्यवशायिक सङ्गठनमा एकता र सामूहिक नेतृत्वको भावना निरन्तर राख्ने प्रयासमा सबै सदस्यहरु लागि परेको छन ।
प्रतिक्रिया दिनुहोस