aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

स्पेनमा एकै दिनमा थप एक हजार ५०० व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण

  • एएफपी
    एएफपी
  • शनिबार, ०१ चैत्र २०७६
स्पेनमा एकै दिनमा थप एक हजार ५०० व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण

म्याड्रिड । स्पेनले शुक्रवारदेखि र शनिबारसम्मको २४ घण्टाको अवधिमा एक हजार ५०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

 योसँगै स्पेनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पाँच हजार ७५३ पुगेको छ । यूरोपमा इटालीपछि कोरोना भाइरसका कारण दोस्रो बढी प्रभावित मुलुक स्पेन बनेको छ ।

स्पेनमा हालसम्म १३६ व्यक्तिको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भइसकेको छ । स्पेनको सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट एकै दिन ठूलो सङ्ख्यामा नागरिक विरामी परेपछि भाइरससँग लड्न स्रोतहरू जुटाउने कदमहरूलाई प्रभावकारी बनाउने बताएको त्यहाँका अधिकारीले बताएका छन् । 

उक्त देशले शनिबार आपतकालिन अवस्था घोषणा गर्ने अपेक्षा गरिएको भएपनि समाचार तयार पार्दासम्म स्वास्थ्य आपत्काल घोषणा भने गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस