aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कोरोनाको कारण स्पेनमा आपतकालिनको घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०१ चैत्र २०७६
कोरोनाको कारण स्पेनमा आपतकालिनको घोषणा

बार्सिलोना । कोरोना भाइरसको संक्रमण रोकथामका लागि स्पेनले शनिबारदेखि विभिन्न शहरमा आपतकालको घोषणा गरेको छ । स्पेन सरकारले बार्सिलाना, म्याडिड, बिलवाउ, भिक्टोरिया लगायतका प्रान्तमा आपतकालिन घोषणा गरेको हो । स्पेनमा सुपरमार्केट र अस्पताल मात्र खुला रहेको स्पेनमा व्यापार गर्ने बाराका सन्तोष कोइरालाले बताए । 

चीनको वुहानबाट शुरु भएको कारोनाको संक्रमण पछिल्लो समय युरोपमा फैलिएको छ । त्यहाँ कोरोनाबाट इटलीपछि स्पेन सबैभन्दा बढी  प्रभावित देश बनेको छ । नले शुक्रवारदेखि र शनिबारसम्मको २४ घण्टाको अवधिमा एक हजार ५०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

 योसँगै स्पेनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पाँच हजार ७५३ पुगेको छ । यूरोपमा इटालीपछि कोरोना भाइरसका कारण दोस्रो बढी प्रभावित मुलुक स्पेन बनेको छ ।

स्पेनमा हालसम्म १३६ व्यक्तिको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भइसकेको छ । स्पेनको सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट एकै दिन ठूलो सङ्ख्यामा नागरिक विरामी परेपछि भाइरससँग लड्न स्रोतहरू जुटाउने कदमहरूलाई प्रभावकारी बनाउने बताएको त्यहाँका अधिकारीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस