aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

नेपालमा कोरोना भित्रिए महिनामा १५ सय संक्रमित हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ चैत्र २०७६
नेपालमा कोरोना भित्रिए महिनामा १५ सय संक्रमित हुने

काठमाडौं । सरकारले नेपालमा कोरोना भाइरस (कोभिड-१९) को प्रकोप देखिए महिनामा १५ सय नागरिक प्रभावित हुने अनुमान गरेको छ। यसै अनुमानका आधारमा १५ सय संक्रमितलाई नै लक्षित गरेर कार्ययोजना बनाएको खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले कम र धेरै संक्रमण भएका मुलुकको अवस्था अध्ययन गरेर कार्ययोजना बनाएको बताए।

‘भियतनाम, श्रीलंका, थाइल्यान्डमा कोरोना संक्रमण तीब्र रुपमा बढेको छैन। तर, इटाली, इरान, दक्षिण कोरियामा एक्कासी बढेको छ। इटाली र इरानकै गतिमा नेपालमा कोरोना संक्रमण भयो भने पनि महिनामा १५ सय मात्रै संक्रमित हुन्छन्। यही आधारमा सरकारले तयारी गरिरहेको छ,’ उनले भने।

स्वास्थ्य अधिकारीहरुका अनुसार १५ सय लक्षित कार्ययोजना नेपाल सरकार एक्लैले बनाएको होइन।

विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले अन्य देशमा देखिएको संक्रमण अध्ययनका आधारमा नेपाललाई १५ सय केसका लागि तयार रहन आग्रह गरेको थियो।

प्रतिक्रिया दिनुहोस