aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

ट्रम्पले पनि गरे कोरोना भाइरसको परीक्षण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ चैत्र २०७६
ट्रम्पले पनि गरे कोरोना भाइरसको परीक्षण

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरस संक्रमणको आशंकामा परीक्षण गरिएको छ। उनलाई रुघाखोकी लगेपछि ह्वाइटवाउसका डाक्टरले कोरोना भाइरसको भरीक्षण गरिएको एजेन्सीहरुले उल्लेख गरेका छन्।

उनको परीक्षण भने 'नेगेटिभ' देखिएको छ। उनको परीक्षणको रिपोर्ट २४ घन्टाभित्रै आएको थियो। ह्वाइटवाउसका डाक्टरहरुले ट्रम्पलाई आराम गर्न सुझाएका छन्। उनी अहिले आराम गरिररहेका छन्।

ह्वाइटहाउसका डाक्टरहरुले उनलाई निगरामीमा राखेको बताइएको छ। राष्ट्रपति ट्रम्पले शनिबारमात्रै अमेरिकालाई संकटकाल घोषणा गरेका थिए। त्यस्तै अमेरिकामा २ हजार ८ सय भन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ५७ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस