aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

श्रीमानलाई कोरोना लागेपछि क्‍वारेन्टाइनबाट भागिन् श्रीमती

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ चैत्र २०७६
श्रीमानलाई कोरोना लागेपछि क्‍वारेन्टाइनबाट भागिन् श्रीमती

भारत । भारतको बेंग्लुरुस्थित गुगलका एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण भेटिएपछि क्वारेन्टाइनमा रहँदैआएकी उनकी श्रीमती त्यहाँबाट भागेकी छन् ।

शुक्रबार ती महिला भागेर आग्रास्थित निवासमा पुगेको बताइएको छ । क्वारेन्टाइनमा राखिएकी ती महिला क्वारेन्टाइनबाटै भागेपछि सरकारले उनको खोजी गरेको थियो । बेंग्लुरुबाट उनी जहाजबाटै दिल्ली र रेलबाट आग्रा पुगेको बताइएको छ । साथै उनले अभिभावकसँग होली समेत मनाएको भेटिएको हो ।

२५ वर्षीया ती महिलालाई सरोजिनी नैदु मेडिकल कलेजस्थित आइसोलेसन वार्डमा लगी परीक्षण गरिएको छ । तर परीक्षणको रिपोर्ट सार्वजनिक भइसकेको छैन । साथै रेलवे अधिकारीहरुले उनका बावु र बहिनीहरुलाई १४ दिनका लागि क्वारेन्टाइनमा बस्न सुझाव दिएका छन् ।

गुगलका कर्मचारी रहेका उनका पति र ती महिला हालै इटलीबाट हनिमुन मनाएर फर्किएका थिए । उनका पतिलाई कोरोना संक्रमण पुष्टि भएपछि बेंग्लुरु अस्पतालमा लगिएको छ । श्रीमानलाई पनि संक्रमण देखिएको थाहा पाएपछि ती महिला क्वारेन्टाइनबाटै भागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस