aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मन्त्री र कर्मचारीबीच मन्त्रालयमै कुटाकुटको स्थिति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ जेठ २०७६
मन्त्री र कर्मचारीबीच मन्त्रालयमै कुटाकुटको स्थिति


काठमाडौं, जेठ १ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र कर्मचारीका नेताबीच हात हालाहालको स्थिति उत्पन्न भएको छ । मन्त्री यादव र कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूहबीच  कर्मचारी सरुवाको विषयलाई लिएर विवाद भएको थियो। 
मन्त्रीका स्वकीय सचिव प्रेम आचार्यको कार्यकक्षमा कर्मचारी नेताहरु पुगेर घुस खाएर कर्मचारी सरुवा गरेको भन्दै विवाद गरेका थिए । तत्पश्चात कार्यकक्षबाट बाहिर निस्किएका मन्त्री यादवले घुस खाएको प्रमाण ल्याउ भनेर कराएपछि विवाद भएको थियो । स्थिति तनावपूर्ण भएपछि प्रहरी पुगेको बताइएको छ ।
 

प्रतिक्रिया दिनुहोस