aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

आजदेखि नेपाल आउनेलाई विमानस्थलबाट सिधै क्वारेन्टाइनमा पठाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ चैत्र २०७६
आजदेखि नेपाल आउनेलाई विमानस्थलबाट सिधै क्वारेन्टाइनमा पठाइने

काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै अध्यागमन विभागले विदेशबाट आउनले नागरिकलाई नेपाल प्रवेशमा कडाइ गरेको छ ।विदेशबाट आउने नेपाली नागरिक तथा विभिन्न उद्देश्यले नेपाल आउने विदेशी नागरिकका लागि अध्यागमन विभागले विभिन्न शर्त पालना गर्नुपर्ने भएको हो । 

आजदेखि नेपाल आउने सबैले १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ । सरकारले आजदेखि नेपाल आउने सबैलाई विमानस्थलबाट सीधै १४ दिन क्वारेन्टाइनमा राख्ने भएको हो । 

यस्तै, विदेशी कुटनीतिक नियोगका पदाधिकारी एवं कर्मचारी नेपाल प्रवेश गर्दा १४ दिनसम्म ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्ने विभागले जनाएको छ ।

अनअराइभल भिसा दिन नै बन्द गरिएकाले विदेशीबाट नेपाल आउने संख्या नै न्युन हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस