aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

भारतमा मोबाइल फोन महगो हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ चैत्र २०७६
भारतमा मोबाइल फोन महगो हुँदै

एजेन्सी । भारतमा अब मोबाइल फोन महगो हुने भएको छ । जीएसटी काउन्सिलको ३९ औं बैठकमा मोबाइल फोनको १८ प्रतिशशत ट्याक्स स्ल्यापमा समावेश गरेको छ ।  यसभन्दा पहिला यस्ता बस्तुमा १२ प्रतिशत ट्याक्स स्लप रहेको थियो । 

भारतीयहरुलाई अब मोबाइल फोन किन्न महगो हुने भएको छ । कोरोना भाइरसका कारण मोबाइल उत्पादनमा कमी आएका कारण यसको मुल्य अझ महगो हुने अनुमान गरिएको छ । 

त्यस्तै, एयरक्राफ्टको मर्मतसम्बन्धी उपकरणमा, रिपेयर एण्ड ओवरहाल सर्विसको जीएसटी कटौति भएको छ । यसभन्दा पहिला १८ प्रतिशत रहेकोमा अहिले ५ प्रतिशतमा झारेको छ । 

प्रतिक्रिया दिनुहोस