aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

डिभिजन वन अधिकृतसहित २० जनाविरुद्ध मुद्धा दायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ जेठ २०७६
डिभिजन वन अधिकृतसहित २० जनाविरुद्ध मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मकवानपुरका तत्कालीन डिभिजन अधिकृत प्रल्हादप्रसाद धितालसहित २० जना विरुद्ध आरोपपत्र दायर गरेको छ । मकवानपुरको बकैया गाउँपालिकास्थित ब्रम्ह सामुदायिक वन र वन कार्यालयको मिलेमत्तोमा वन फडानी गरेको आरोपमा उनीहरुविरुद्ध आज विशेष अदालत काठमाडौंमा  मुद्धा दायर भएको हो ।

आरोपीहरुमा अधिकृत धितालसहित सहायक वन अधिकृत विशाल भट्टराई, सहायक वन अधिकृत टंक नारायण श्रेष्ठ, सहायक वन अधिकृत नारायण बहादुर कार्की, अवकाश प्राप्त सहायक वन अधिकृत मोहन बहादुर खड्का, सहायक वन अधिकृत राजेन्द्रमान राजभण्डारी, सहायक वन अधिकृत दशराम चौधरी, रेन्जर राजु लामा, फरेष्टर ब्रहमदेव यादव र वन रक्षक देविप्रसाद गौतम, होटल सामना प्रालि हेटौंडा ( ४, मकवानपुरका संचालक सानुकाजी आचार्य, सामना काष्ठ उद्योग गाईघाट, उदयपुरका संचालक सुरज आचार्य, ब्रम्ह सामुदायिक वन उपभोक्ता एवं सल्लाहकार जिवन भन्ने भिम बहादुर थिङ, ब्रम्ह आधारभूत विद्यालय, बकैया-२ मकवानपुरका तत्कालीन प्रधानध्यापक राजन भन्ने राम बहादुर घोरसाईनी, काठ ठेकेदार केशव भन्ने इन्द्रमणि तिमल्सिना, काठदाउरा संकलन गर्ने प्रयोजनका लागि गठित समितिका संयोजक बुद्धबहादुर लोप्चन, सदस्यहरू सोमबहादुर तिमल्सिना, सूर्जबहादुर जिम्बा भन्ने सूर्यबहादुर जिम्बा, ब्रम्ह सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मर्दन सिं थिङ, कोषाध्यक्ष शुक्रबहादुर भोलन भन्ने शुक्रबहादुर भुलन रहेका छन् ।

वन उपभोक्ता समुहका अध्यक्ष थिङसहित ठेकेदारहरुसँगको मिलेमतोमा भएको वन फडानीबाट एक करोड, अन्ठाउन्न लाखभन्दा बढी बढी हानि नोक्सानी पुर्याएको दाबी गर्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार मागददाी सहित मुद्धा आरोपपत्र दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस