aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

हिमालय एयरलाइन्सले मार्च महिनाभर साउदी उडान नभर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ चैत्र २०७६
हिमालय एयरलाइन्सले मार्च महिनाभर साउदी उडान नभर्ने

काठमाडौं । हिमालय एयरलाइन्सले मार्च महिनाभरका लागि साउदी अरवको उडान रद्द गरेको छ । निजी क्षेत्रको वायुसेवा कम्पनी कोरोना भाइरसको संक्रमण फैलन डरले साउदी सरकारले १५ मार्चदेखि लागु हुने गरी दुई साताका लागि साउदीमा अस्थायी प्रतिवन्ध लगाएको हो । 

सोही अनुसार हिमालयले यस रुटमा सबै दुई साताका लागि सबै उडान रद्द गरेको हो । साउदीमा नेपालबाट हिमालय एयरलाइन्सले मात्र उडान गरिरहेको थियो । कम्पनीका अनुसार सोमबारबाट साउदीको दमाममा भइरहेको उडान रद्द गरिएको छ ।

यो रुटमा टिकट लिइसकेका यात्रुले एक पटकका लागि निःशुल्क टिकटको मिति परिवर्तन गर्न सक्ने भएका छन् । यसअघि हिमालयले चीनका पाँचवटै गन्तब्यको उडान झिकेको छ ।

यसबाहेक कतारको दोहाबाट समेत हिमालयले उडान रद्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस