
काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना संक्रमित फेला परेमा सबै उपचारको जिम्मा सरकारले लिने बताएका छन् । राष्ट्रिय सभा बैठकमा कोरोना रोकथामबारे सरकारले गरेको तयारीबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् ।
उनलेृ भने भने ‘संक्रमण हुनै नदिने सरकारको प्रयत्न हो, यदि संक्रमण फेला पर्यो भने उपचारको सम्पूर्ण जिम्मेवारी राज्यले लिन्छ ।’ मन्त्री ढकालले नेपाल आउने विदेशीले १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने र नेपाली नागरिकले १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने पनि उनले स्पष्ट पारे । उनले कोरोना रोकथामका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताउँदै सबैको अविभावकत्व लिन सरकार तयार रहेको स्पष्ट पारे ।
उनले कोरोना देखिएका देशहरुको अध्ययनबाट पनि सरकारले आफ्नो तयारीलाई अघि बढाएको बताए । ‘कोरोना लागेका देशहरुको अध्ययन गर्दा ८० प्रतिशत सामान्य उपचार गरेर ठिक भएको, १५ प्रतिशतलाई आइसोलेटेड बेडमा राख्नुपरेको र ५ प्रतिशतलाई अति जोखिमयुक्त ठाउँमा राखेर उपचार गर्नुपर्ने देखियो । हामी पनि त्यसै गरि तयारी गरिरहेका छौं ।’, मन्त्री ढकालले भने ।
उनले संक्रमण हुनै नदिने र भैहालेमा कसरी लड्ने भन्नेबारे निश्चिन्त हुन आग्रह पनि गरे । ‘हामीले व्यापक तयारी गरेका छौं, आतंकित हुनुपर्ने अवस्था छैन् । संक्रमित फेला परेमा कसरी लड्ने भन्ने तयारी गरेका छौं । राज्यले आफ्नो अविभावकत्व देखाउँछ ।’, मन्त्री ढकालले भने । उनले काठमाडौंमा १७० आइसीयु वेड रहेको र १२० आईसीयु थपिएको जानकारी पनि दिए । त्यस्तै, उपत्यका बाहिर १५ वटा आइसीयु थपिएको स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस