aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

झापामा कोरोनाको आशंका गरिएका व्यक्ति ग्रान्डी अस्पतालमा

  • रासस
    रासस
  • आइतबार, ०२ चैत्र २०७६
झापामा कोरोनाको आशंका गरिएका व्यक्ति ग्रान्डी अस्पतालमा

झापा । झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आज काठमाडौँ पठाइएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो । 

उनका अनुसार चिकित्सकले उपचारका लागि निजलाई काठमाडौँ सिफारिस गरेका छन् । ‘कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का चिकित्सकहरुले प्रारम्भिक जाँचपछि गर्नुभएको छ’, प्रजिअ रानाले रासससँग भने, उपचारका लागि डाक्टरकै सिफारिसमा आजै ग्राण्डी हस्पिटल लगिएको छ ।’
 

प्रतिक्रिया दिनुहोस