aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

भारतमा कोरोना संक्रमितको संख्या १०७ पुग्यो, सबैभन्दा धेरै महाराष्ट्रमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ चैत्र २०७६
भारतमा कोरोना संक्रमितको संख्या १०७ पुग्यो, सबैभन्दा धेरै महाराष्ट्रमा

भारत । भारतमा नोबल कोरोनाभाइरस अर्थात कोभिड(१९ बाट संक्रमितको संख्या १०७ पुगेको छ । भारतको स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार कोरोना संक्रमितको संख्या १०७ पुगेको जानकारी दिएका छन् । जसमा ९० भारतीय रहेकोमा ९ जनाको उपचारपछि घर फर्किएको र दुईजनाको मृत्यु भएको छ । 

महाराष्ट्रमा ३१ जना संक्रमित भएको र केरलामा २२ जना संक्रमित रहेको बताइएको छ । सरकारी तथ्यांकअनुसार भारतका विमानस्थलमा १२ लाख २९ हजार ३६३ जनालाई स्क्रिनिङ गरिएको थियो । 

कोरोना संक्रमितहरु दिल्लीमा ७ जना, हरियानामा १४ जना, केरलामा २२, राजस्थानमा २, तेलंगानामा ३, उत्तर प्रदेशमा ११, लद्दाखमा ३ र तामिल नाडुमा १, जम्मु काश्मीर २, पञ्‍जाब १, कर्नाटक ६, महाराष्ट्र ३२ र आन्द्रा प्रदेशमा १ जना भेटिएका छन् । 

प्रतिक्रिया दिनुहोस