aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

कोरोना विरुद्ध सार्क राष्ट्र एकजुट

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, ०३ चैत्र २०७६
कोरोना विरुद्ध सार्क राष्ट्र एकजुट

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलँदै गएको कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको लडाईंमा दक्षिण एसियाली मुलुक एकजुट भएका छन् । 

आइतवार साँझ भएको भिडियो सम्मेलनमार्फत सार्वजनिक सार्क मुलुकको यो ऐक्यबद्धतथा विश्वकै लागि नमुना उदाहरण बनेको छ । 

गत चार वर्षदेखि हुन नसकेको सार्क शिखर सम्मेलनको तीतो बिर्साउने गरी भएको भिडियो सम्मेलनले सार्क अरू बेला मात्र होइन संकटको बेला पनि एकजुट हुने क्षमता राख्छ भन्ने सन्देश विश्वमाझ दिन सफल बनेको छ । 

कोरोना संक्रमण हुन नदिन उच्च सतर्कता अपनाएका छौंः प्रधानमन्त्री ओली 

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क मुलुकको सामूहिक प्रयासले नै यस क्षेत्रका लागि कोरोना विरुद्धको निर्माण हुने बताएका छन् । 

सार्क भिडियो सम्मेलनमा प्रधानमन्त्री ओलीले हाम्रो सामूहिक ज्ञान र प्रयोगले कोभिड १९ विरुद्ध लड्न यस क्षेत्रका लागि बलियो रणनीति बनाउन सक्ने बताए । 

नेपालमा कोरोना संक्रमण रोक्न केन्द्रीय तथा प्रदेश स्तरमा अनुगमन संयन्त्र गठन गरी सरकारले काम गरिरहेको जानकारी उनले अन्य मुलुकलाई गराए ।

प्रतिक्रिया दिनुहोस