aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

१२ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए (सूचिसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ चैत्र २०७६
१२ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए (सूचिसहित)

काठमाडौँ । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । उदयपुरमा दीपककुमार पहाडी, मकवानपुरमा दीपकराज नेपाल, कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि निरौला, अछाममा पुष्पविक्रम पौडेल, धनकुटामा केशवप्रसाद विमली, सिन्धुलीमा योगेन्द्रप्रसाद पाण्डे, पाँचथरमा अर्जुनकुमार शर्मा, सिराहामा सरोजकुमार गुरागाई र तनहुँमा बद्रिनाथ अधिकारीको सरुवा भएको छ ।

यस्तै कार्यबहाक जिल्ला प्रमुखका रुपमा बारामा रुद्रप्रसाद पण्डित र गुल्मीमा भरतकुमार शर्माको सरुवा भएको छ । यता अर्जुन भण्डारीलाई सहायक प्रमुख जिल्ला अधिकारी बनाएर मोरङ सरुवा गरिएको छ ।

त्यस्तै अध्यागन विभागमा रमेशकुमार कँडेलको सरुवा भएको छ भने  कारागार व्यवस्थापन विभागमा प्रदिपराज कँडेलको सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस