aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

आधा दर्जन विधेयकहरू राष्ट्रियसभामा आज पेस हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ चैत्र २०७६
आधा दर्जन विधेयकहरू राष्ट्रियसभामा आज पेस हुँदै

काठमाडौं । राष्ट्रियसभाको बैठकमा आज आधा दर्जन विधेयकहरू पेश हुने भएका छन् ।

दिउँसो १ बजे बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक पेश गर्नेछन् ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले अध्यागमन विधेयक २०७६ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।

यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संसोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्ने कार्यक्रम रहेकाे छ ।

उनले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको पारमाणविक विधेयकमाथि सदनमा छलफलको प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्वाहाङ्फेले प्रमाण (दोस्रो संशोधन) विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाति विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस