aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

डीभी र गैरआप्रवासी भिसा बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ चैत्र २०७६
डीभी र गैरआप्रवासी भिसा बन्द

काठमाडौं । कोरोना भाइरसले अमेरिकालाई निकै प्रभावित बनाएपछि काठमाडौंस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा ९डीभी० र गैरआप्रवासी भिसा दिन बन्द गर्ने निर्णय गरेको छ । दूतावासले मंगलबारबाट लागू हुनेगरी भिसा अपोइन्टमेन्ट रद्द गर्ने निर्णय गरेको हो ।

यद्यपि दूतावासले कुनै आपतकालीन अवस्था छ भने तत्काल दूतावासमा सम्पर्क गर्न र दूतावासले तोकेको मापदण्डअनुसार आपतकालीन अपोइन्टमेन्टको लागि प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।

साथै, दूतावासले यसअघि बुझाएको एमआरभी शुल्क पछि मान्य हुने जानकारी दिँदै यसको प्रयोग एक वर्षभित्र जहाँ खरिद गरिएको हो, सोही मुलुकको भिसा आवेदनका लागि प्रयोग हुने बताएको छ । अमेरिकी दूतावासले अहिले रद्द भएको डीभी र गैरआप्रवासी भीसा रद्द गर्ने निर्णय छिटो सुरु गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस