aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

झापाका बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि

  • रासस
    रासस
  • सोमबार, ०३ चैत्र २०७६
झापाका बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि

काठमाडौं । कोभिड–१९ सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौँ ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ ।  

भद्र्रपुर–७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल सिफारिस गरिएको थियो । 

ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा। चक्रराज पाण्डेले ती बिरामीलाई कोभिड–१९ नभएको स्पष्ट गरे । 

“उक्त बिरामीलाई जाँच गर्दा सामान्य रुघाखोकी र ज्वरो आएको भेटियो तर कोभिड–१९ को भने सङ्क्रमण देखिएको छैन”, उनले भने । 

प्रतिक्रिया दिनुहोस