aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

नयाँ शैक्षिक सत्रदेखि विद्यालय समय ९ बजेदेखि ३ बजेसम्म

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ चैत्र २०७६
नयाँ शैक्षिक सत्रदेखि विद्यालय समय ९ बजेदेखि ३ बजेसम्म

काठमाडौं । नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ । सरकारले देशभर लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ३ बजेसम्म तोकेको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ । 

शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायलाई सोहीअनुरुप लागु गराउन निर्देशन दिएको छ ।

यसअघि आधिकारिक विद्यालय समय १०–४ थियो ।
 

प्रतिक्रिया दिनुहोस